Kathmandu Press

बैतडीमा एक लाख ४० हजारले लगाए कोरोना खोप 

काठमाडौं, माघ १७ : बैतडीमा कोरोनाविरुद्धको खोप लगाउनेको सङ्ख्या एक लाख ४० हजार नाघेको छ । स्वास्थ्य कार्यालयका स्रोतव्यक्ति चन्दन सुवेदीका अनुसार एक लाख...
बैतडीमा एक लाख ४० हजारले लगाए कोरोना खोप 

काठमाडौं, माघ १७ : बैतडीमा कोरोनाविरुद्धको खोप लगाउनेको सङ्ख्या एक लाख ४० हजार नाघेको छ । स्वास्थ्य कार्यालयका स्रोतव्यक्ति चन्दन सुवेदीका अनुसार एक लाख ४० हजार  २२५  जनाले कोरोनाविरुद्धको पहिलो खोप लगाएका हुन् ।  पूर्णरुपमा उक्त खोप लगाउनेको सङ्ख्या भने एक लाख छ हजार २५२ रहेको छ । 

पछिल्लो विवरणअनुसार सदरमुकामस्थित दशरथचन्द नगरपालिकामा  २४ हजार १६७ जनाले पहिलो मात्रा र २२ हजार ११८ जनाले पूर्ण मात्रा खोप लगाएका छन् । पुर्चौंडी नगरपालिकामा २० हजार ८०१ जनाले पहिलो मात्रा र  १२ हजार ७९१ जनाले पूर्ण मात्रा खोप लगाएका छन् । 

Hardik ivf

यसैगरी  पाटन नगरपालिकामा १५ हजार ३२५ जनाले पहिलो मात्रा र २२ हजार १४२ जनाले पूर्ण मात्रा खोप लगाएका छन् ।   मेलौली नगरपालिकामा १३ हजार ६५९ जनाले पहिलो मात्रा र सात हजार ४९५ जनाले पूर्ण मात्रा खोप लगाएका छन्।

यस्तै डिलासैनी गाउँपालिकामा १७ हजार ७३३ जनाले पहिलो मात्रा र आठ हजार ४४३ जनाले पूर्ण मात्रा खोप लगाएका छन् । दोगडाकेदार गाउँपालिकामा १३ हजार ८१८ जनाले पहिलो मात्रा र आठ हजार ५९५ जनाले पूर्ण मात्रा पाएका छन् । सिगास गाउँपालिकामा नौ हजार ८८ जनाले पहिलो मात्रा र ६ हजार ४०९ जनाले पूर्ण मात्रा खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ । 

सुर्नया गाउँपालिकामा नौ हजार ३१४ जनाले पहिलो मात्रा र ६ हजार ७८४ जनाले पूर्ण मात्रा खोप लगाएका छन् । पञ्चेश्वर गाउँपालिकामा आठ हजार ९७० जनाले पहिलो मात्रा र ६ हजार ९९५ जनाले पूर्ण मात्रा खोप लगाएका छन् ।  शिवनाथ गाउँपालिकामा सात हजार ३५० जनाले पहिलो मात्रा र चार हजार ४८० जनाले पूर्ण मात्रा खोप लगाएका छन् । 

सरकारले यसअघि खोप लगाउन छुटेको सबै नागरिकलाई खोप लगाउनसमेत अनुरोध गरेको थियो । यहाँका सबै स्थानीय तहबाट कोरोनाविरुद्धको खोप अभियान निरन्तररुपमा सञ्चालन भइरहेको जनाइएको छ।  

प्रकाशित मिति: १६:०४ बजे, मंगलबार, माघ १८, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्