Kathmandu Press

म्याग्दी कुष्ठरोगकाे जोखिममा, यसवर्ष ६ नयाँ रोगी भेटिए

गलेश्वर, माघ १८ : म्याग्दी जिल्ला कुष्ठरोगका जोखिममा रहेको पाइएको छ। जनस्वास्थ्यको समस्याका रूपमा छैन भनेर दशकअघि नै उन्मूलनको घोषणा गरिए पनि यस वर्ष...
म्याग्दी कुष्ठरोगकाे जोखिममा, यसवर्ष ६ नयाँ रोगी भेटिए

गलेश्वर, माघ १८ : म्याग्दी जिल्ला कुष्ठरोगका जोखिममा रहेको पाइएको छ। जनस्वास्थ्यको समस्याका रूपमा छैन भनेर दशकअघि नै उन्मूलनको घोषणा गरिए पनि यस वर्ष जिल्लामा ६ नयाँ कुष्ठरोगी भेटिएका छन्। 

६९औँ कुष्ठरोग तथा उपेक्षित रोग दिवसका अवसरमा बेनीमा हालै आयोजित कार्यक्रममा गत वर्षका नियमित औषधि सेवन गर्ने तीन र यस वर्ष नयाँ ६ जना गरी नौजना कुष्ठरोगी पहिचान गरिएको स्वास्थ्य कार्यालयका परिवार नियोजन सुपरभाइजर गणेश सुवेदीले जानकारी दिए। 
    
जिल्लामा हाल औषधि सेवन गरेका रोगीमा बेनी नगरपालिकामा तीन, रघुगङ्गा , मालिका  र अन्नपूर्ण गाउँपालिकामा एक ÷एकजना  छन् । गत आवमा एकभन्दा बढी कुष्ठरोगी भएको देशैभरका ११ जिल्लामा म्याग्दीसमेत परेको छ । जिल्लमा अन्य पालिकाको तुलनामा बेनी  उच्च जोखिममा रहेको पाइएको छ । गत आवमा निको भएका नौजना बिरामी नै बेनीको रहेको सुपरभाइजर सुवेदीको भनाइ छ । 

Hardik ivf

जिल्लामा भेटिएका रोगीको सङ्ख्याका आधारमा गण्डकी प्रदेशभित्र कुष्ठरोगका धेरै बिरामी भएको जिल्लामा पर्ने स्वास्थ्य कार्यालयले जनाएको छ । 

प्रदेशमा १० हजार जनसङ्ख्यामध्ये उपचारमा रहेका जिल्लामा सबैभन्दा धेरै १ दशमलव १८ रहेकोे तथ्याङ्कले देखाएको छ । त्यस्तै प्रदेशमै प्रतिएक लाख जनसङ्ख्यामा पत्ता लागेको नयाँ बिरामी दरमा म्याग्दी ६ दशमलव ३३ छ । म्याग्दीका जनस्वास्थ्य कार्यालयका प्रमुख एकनारायण लम्सालले एक प्रतिशतभन्दा माथि कुष्ठरोगी भएको जिल्लालाई जोखिममा राखिएको बताए । प्रत्यक्ष उपचार नगराएसम्म रोग निको नहुने भएकाले कुष्ठरोगी स्वास्थ्य संस्थाको सम्पर्कमा आउनसमेत उनले अनुरोध गरे। 

समाजमा बहिष्कृत हुने त्रासले अझै ग्रामीण क्षेत्रमा रोग लुकाउने गरिएको बताउँदै जिल्लाका सबै स्थानीय तहमार्फत कुष्ठरोगबारे जनचेतनामूलक कार्यक्रमसहितका अभियान सञ्चालन गर्न आवश्यक रहेको छ । कतिपय रोगीले सामाजिक बहिष्कार र वंशानुगत रोगका रूपमा बुझ्दा रोकथाममा समस्या परेको स्वास्थ्यकर्मीको भनाइ छ । 

यसैबीच जिल्ला गत वर्ष एडिस जातको लामखुट्टेको टोकाइबाट सङ्क्रमण फैलिने डेङ्गुका २००, यस वर्ष ४० जना बिरामी र किर्नाबाट सर्ने स्क्रब टाइफस परजीवीको सङ्क्रमणबाट गत वर्ष ५० र यसबर्ष १४ जना पोजेटिभको उपचार गरिएको छ। 

प्रकाशित मिति: १३:०० बजे, मंगलबार, माघ १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्