Kathmandu Press

कालीकोटमा दश वर्षमा ८ हजार जनसङ्ख्या वृद्धि

मान्म, माघ १८ : दश वर्षमा कालीकोटको जनसङ्ख्या करिव आठ हजारले वृद्धि भएको छ। राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार जिल्लाको जनसङ्ख्या एक लाख...
कालीकोटमा दश वर्षमा ८ हजार जनसङ्ख्या वृद्धि
Hardik ivf

मान्म, माघ १८ : दश वर्षमा कालीकोटको जनसङ्ख्या करिव आठ हजारले वृद्धि भएको छ। राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार जिल्लाको जनसङ्ख्या एक लाख ४४ हजार ९१७ रहेको छ  भने यसअघि २०६८ सालमा एक लाख ३६ हजार ९४८ थियो । जिल्लाको वार्षिक जनसङ्ख्या वृद्धिद्धर ०.५४ प्रतिशत  छ ।

नतिजा अनुसार जिल्लाका नौवटा स्थानीय तहमध्ये सबैभन्दा कम नरहरिनाथ गाउँपालिकाको जनसङ्ख्यामा रहेको छ । सो गाउँपालिकामा २०६८ सालमा २४ हजार १४२ जनसङ्ख्या रहेकामा अहिले २२ हजार ४१४  देखिएको छ। जिल्लाको खाँडाचक्र नगरपालिका भने जनसङ्ख्या वृद्धि भएको छ।  २०६८ सालमा २० हजार ६१८ जनसङ्ख्या रहेको सो नगरपालिकामा  अहिले  झन्डै तीन हजार वृद्धि भएर २३ हजार ३३६ पुगेको छ। 

नतिजा अनुसार शुभकालिकामा १३ हजार ९००, महावैमा आठ हजार ३३४, पचालझरनमा १३ हजार ६८३, पलाँतमा १७ हजार ६५८, सान्नी त्रिवेणी गाउँपालिकामा १२ हजार ८६४, रास्कोट र  तिलागुफा नगरपालिकामा क्रमशः १६ हजार ४६९ र १६ हजार २५९ जनसङ्ख्या रहेको छ। 

प्रकाशित मिति: १२:४७ बजे, मंगलबार, माघ १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्