Kathmandu Press

क्यानडाका प्रधानमन्त्रीलाई कोरोना संक्रमण

ओटावा, माघ १८ : क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रयुडेउलाई कोरोना संक्रमण भएको छ । उनले सोमबार आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन्। उनले ट्वीटर...
क्यानडाका प्रधानमन्त्रीलाई कोरोना संक्रमण

ओटावा, माघ १८ : क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रयुडेउलाई कोरोना संक्रमण भएको छ । उनले सोमबार आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन्। उनले ट्वीटर गरेर आफू कोभिड पोजिटिभ भएको कुरा सार्वजनिक गरेका हुन्। 

उनले भनेका छन्– मलाई कोभिड पोजिटिभ देखिएको छ, तर मेरो स्वास्थ्य अवस्था ठिक छ, म जनस्वास्थ्यका मापदण्डको पालना गरेर अर्को हप्तादेखि काममा निरन्तर रुपमा लाग्ने छु । साथै उनले सोही ट्वीटरमा क्यानाडाली नागरिकहरुलाई कोरोना विरुद्धको खोप लगाउन आग्रह पनि गरेका छन्। 

उनले गत हप्ता आफ्नो एकजना बच्चालाई कोभिड देखिएको र त्यसपछि आफू आइसोलेसनमा बसेर घरबाटै काम गरिरहेको जानकारी पनि ट्वीटरबाटै गराएका छन्। 

प्रकाशित मिति: १२:३९ बजे, मंगलबार, माघ १८, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्