Kathmandu Press

१२ वर्षभन्दा माथिका बालबालिकालाई खोप लगाउन आग्रह

काठमाडौं, माघ १८ : बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान ९सिजप० ले १२ वर्षमाथिका सबै बालबालिकालाई अझ प्रभावकारीरूपमा कोभिङ–१९ विरुद्धको खोप लगाउन आग्रह गरेको...
१२ वर्षभन्दा माथिका बालबालिकालाई खोप लगाउन आग्रह
Hardik ivf

काठमाडौं, माघ १८ : बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान ९सिजप० ले १२ वर्षमाथिका सबै बालबालिकालाई अझ प्रभावकारीरूपमा कोभिङ–१९ विरुद्धको खोप लगाउन आग्रह गरेको छ ।

सिजपका अध्यक्ष राजेश शर्मा र मीना शर्माले सोमबार विज्ञप्ति जारी गरी १२ देखि १८ वर्ष उमेर समूहका अझै ५० प्रतिशत बालबालिकालाई खोप लगाउन बाँकी रहेकाले सोबारे बालमैत्री सूचना प्रवाह गर्न माग गरेका छन् ।

विज्ञप्तिमा युनिसेफ तथा नेपालस्थित संयुक्त राष्ट्रसङ्घीय कार्यालयहरूलाई बालबालिकालाई दिइने कोभिडविरुद्धको खोपका लागि नेपाललाई प्राथमिकरणको पहल गरिदिन पनि आग्रह गरिएको छ। रासस)

प्रकाशित मिति: ०८:१० बजे, मंगलबार, माघ १८, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्