Kathmandu Press

सुर्खेतमा ब्राउन सुगरसहित दुई पक्राउ

वीरेन्द्रनगर, माघ १८ : जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागूऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ।प्रहरीले गुर्भाकोट नगरपालिका–८ सुर्खेतका ३२ वर्षीय लक्ष्मण परियार...
सुर्खेतमा ब्राउन सुगरसहित दुई पक्राउ

वीरेन्द्रनगर, माघ १८ : जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागूऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ।

प्रहरीले गुर्भाकोट नगरपालिका–८ सुर्खेतका ३२ वर्षीय लक्ष्मण परियार र सोही नगर वडा नं ९ का ३० वर्षीय रमेश ओलीलाई पक्राउ गरेको हो।

सोमबार नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको सवारीसाधन म्याजिक रोकी जाँच गर्ने क्रममा परियार र ओलीको साथमा तीन ग्राम ४६० मिलीग्राम ब्राउन सुगर भेटेपछि पक्राउ गरिएको प्रहरी सहायक निरीक्षक जीवानन्द दाहालले जानकारी दिए।

उनका अनुसार दुवैलाई भेरीगङ्गा नगरपालिका–१० तोलीखोला प्रहरी चेकपोष्ट नजिकै सार्वजनिक पक्की सडक जाँच गरिएको थियो। बरामद ब्राउन सुगरसहित प्रतिवादी परियार र थापालाई जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासत कक्षमा राखेर अनुसन्धान थालिएको प्रहरी सहायक निरीक्षक दाहालले बताए।

 

प्रकाशित मिति: ०७:५९ बजे, मंगलबार, माघ १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्