Kathmandu Press

आज नेपाल र मरिसस दोस्रो मैत्रीपूर्ण खेलमा भिड्दै

काठमाडौं, माघ १८ : आज नेपाल र मरिससबीच दोस्रो मैत्रीपूर्ण फुटबल खेल हुँदै छ।काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज अपराह्न ४ः४५ बजे नेपाल र...
आज नेपाल र मरिसस दोस्रो मैत्रीपूर्ण खेलमा भिड्दै

काठमाडौं, माघ १८ : आज नेपाल र मरिससबीच दोस्रो मैत्रीपूर्ण फुटबल खेल हुँदै छ।

काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज अपराह्न ४ः४५ बजे नेपाल र मरिससबीचको खेल हुनेछ। नेपाल दोस्रो खेलमा पनि जित निकाल्ने लक्ष्य बोकेर मैदानमा उत्रिनेछ।

नेपालले पहिलो खेलमा मरिससलाई पराजित गरेको थियो। पहिलो खेलमा विमल घर्तिमगरले नेपालका लागि गोल गरेका थिए।

त्यस्तै, मरिसस पनि जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रिनेछ।

नेपालको टिममा केही बदलाव गरिएको छ। मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरीले पहिलो खेलमा रहेको टिमबाट अनन्त तामाङ र प्रशान्त अवस्थीलाई बाहिर राखेका छन्। उनीहरुको स्थानमा मनिष डाँगी र दर्शन गुरुङ खेल्नेछन्।

आजको खेलमा पनि सिमित दर्शकलाई खेल हेर्न दिइने भएको छ। कोरोना भाइरसको महामारीका कारण एक तिहाई दर्शकलाई प्रवेश गराउन अनुमति दिइएको छ।

प्रकाशित मिति: ०७:०९ बजे, मंगलबार, माघ १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्