Kathmandu Press

उपत्यकाबाट ठूलो परिमाणको लागुऔषध बरामद, पाँच पक्राउ

काठमाडौं, माघ १७ : काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध बरामद गरेको छ । प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो र औषधि व्यवस्था...
उपत्यकाबाट ठूलो परिमाणको लागुऔषध बरामद, पाँच पक्राउ

काठमाडौं, माघ १७ : काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध बरामद गरेको छ । प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो र औषधि व्यवस्था विभागबाट खटिएको टोलीले उपत्यकाका विभिन्न क्षेत्रमा गरेको खोजतालासका क्रममा २४ हजार ८०० बढी क्याप्सुल नियन्त्रित औषधसहित पाँच जनालाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा काठमाडौँ सिफल बस्ने रामेछापका २५ वर्षीय सुनिल भन्ने निमा दोर्जे शेर्पा, काठमाडौँ गोकर्णेश्वर बस्ने बझाङका २९ वर्षीय उमेशकुमार केसी, काठमाडौँ चावहिलस्थित कल्याणकारी मेडिकल हलका सञ्चालक सङ्खुवासभाका ३० वर्षीय पेम्वा शेर्पा, नुवाकोटका ३४ वर्षीय राजाराम दवाडी र काठमाडौँ टोखा बस्ने लमजुङका ३८ वर्षीय बद्रिनाथ पौडेल छन् । प्रहरीले निमाबाट ११५ ट्याब्लेट ट्रामाडोल र उमेशकुमारबाट २० हजार ७०० क्याप्सुल ट्रामाडोल बरामद गरेको छ । 

Hardik ivf

साथै पेम्वा शेर्पाबाट २९० ट्याब्लेट लोबाजाम, १५३ ट्याब्लेट लोरी, १०० ट्याब्लेट निट्रेस्ट, ९० ट्याब्लेट जोलियुम, २७५ ट्याब्लेट कोडोट्याब, ३९० ट्याब्लेट क्लोजिप क्लोजिप, १४ ट्याब्लेट क्लोप्रियुम, ५१८ ट्याब्लेट पाज, २८५ ट्याब्लेट क्लोनाज, ३० ट्याब्लेट स्टागन र ५० ट्याब्लेट कोफटाब बरामद भएको छ । 

राजारामबाट बा ११ च १०१४ नम्बरको भ्यानमा ल्याएको १८० ट्याब्लेट लेभोनोरजेस्ट्रेल, ९० ट्याब्लेट अन्वान्टेड लेभोनोरजेस्ट्रेल, ८५० थान सफ्टजेल क्याप्सुल, ६७२ ट्याब्लेट बर्थ स्पेसिङ पिल्स, ३० वटा ल्याबोडर्म, १८४ ट्याब्लेट जेनेग्रा, १६० ट्याब्लेट जेनेग्रा रेड र ९० ट्याब्लेट प्रेगौट किक तथा बद्रिनाथ पौडेलबाट नगद १ लाख ४० हजार रुपैयाँ बरामद भएको छ । 

उपत्यकामा नियन्त्रित लागुऔषध ट्रामाडोलको अवैध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो तथा औषधि व्यवस्था विभागबाट खटिएको संयुक्त टोलीले उनीलाई उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरिएको ब्यूरोले आज एक सूचना जारी गरी जनाएको छ ।

बरामद औषधि, सवारीसाधन र नगदसहित उनीहरूलाई आवश्यक कानुनी कारबाहीको लागि औषधि व्यवस्था विभाग पठाइएको लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरले जनाएको छ ।

प्रकाशित मिति: २१:१६ बजे, सोमबार, माघ १७, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्