गुटउपगुट भए पार्टी नै ध्वस्त हुन्छः प्रचण्ड
इलाम, भदौ २८ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार जनताको काम गर्न कटिबद्ध रहेको बताएका छन्। <....

इलाम, भदौ २८ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार जनताको काम गर्न कटिबद्ध रहेको बताएका छन्।
शनिबार इलाम सदरमुकाममा पत्रकारसँग कुराकानी गर्दै प्रचण्डले नेपालमा नयाँ व्यवस्था शुरु भएकाले परिवर्तन नदेखिएको तर अब नतिजामुखी काम गर्न सरकार तत्पर रहेको बताएका हुन्।
प्रचण्डले पार्टीमा गुटउपगुट भएको खण्डमा पार्टी नै ध्वस्त हुनेसमेत बताए। नेता केन्द्रित र गुट केन्द्रितले आफैँलाई सक्ने भन्दै उनले जिम्मेवारीका आधारमा पार्टी चल्नुपर्ने जानकारी दिए।
आफ्नो उद्देश्य अन्तर्राष्ट्रिय सम्बन्ध बिगार्ने नभएको भन्दै प्रचण्डले अन्तर्राष्ट्रिय सम्बन्धका बारेमा राखेको विषय वास्तविकताभन्दा भिन्न भएर बाहिर आएको बताए। ‘म सबै राष्ट्रसँग समान सम्बन्ध भएको देख्न चाहन्छु’, उनले भने , ‘कुनै देशको नीतिविरुद्ध र राष्ट्रको अहित हुने कुरा बोले भन्नु निराधार हुन्छ।’
प्रचण्डले संविधान निर्माणसमेत अहिलेका एकता भएका दुई शक्तिका कारण मात्र भएको बताए। उनले पहिलो संविधानसभा विघटनपछि दोस्रो संविधानसभासमेत विघटन गर्न देशभित्र तथा बाहिरका शक्ति लागेपनि तत्कालीन एमाले र तत्कालीन माओवादीका कारण संविधान निर्माण भएको बताए।











-1784808429.png)