Kathmandu Press

मृत अवस्थामा फेला

मृत अवस्थामा फेला
Hardik ivf

काठमाडौं, माघ १७ : धादिङको थाक्रे गाउँपालिका २ हिराचन होटलमा काम गरी बस्ने मोरङ कानेपोखरी गाउँपालिका ६ घर भएका ४६ वर्षीय राज कुमार राई आफू सुत्ने कोठामा सोमबार मृत अवस्थामा फेला परेका छन् । 

यस्तै बाग्लुङको बाग्लुङ नगरपालिका १ निर्यस्थित सडकबाट करिब १ सय ५० मिटर तल हाल नाम, थर, नखुलेका कालिका मन्दिर अगाडि मागी हिड्ने करिब ६० वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् । भिरबाट लडेर मृत्यु भएको अवस्थामा उनको शव फेला परेको हो ।

यस्तै मकवानपुरको हेटौंडा उपमहानगरपालिका १० कर्रा खोलामा हेटौडा उपमहानगरपालिका १ चाईनागेट बस्ने ६५ वर्षीया शारदा देबी लमिनी सोमबार मृत अवस्थामा फेला परेकी छन् ।  

प्रकाशित मिति: १९:०६ बजे, सोमबार, माघ १७, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्