Kathmandu Press

होचा व्यक्तिलाई मधुमेहको जोखिम बढी

होचा व्यक्तिलाई टाइप टु डाइबिटिज अर्थात् मधुमेहको जोखिम बढी हुने एक अध्ययनले देखाएको छ। 

प्रत्येक दश सेन्टिमिटर उचाइसँगै मधुमेहको जोखिम पनि पुरूषमा ४१ प....

होचा व्यक्तिलाई मधुमेहको जोखिम बढी
फाइल

होचा व्यक्तिलाई टाइप टु डाइबिटिज अर्थात् मधुमेहको जोखिम बढी हुने एक अध्ययनले देखाएको छ। 

प्रत्येक दश सेन्टिमिटर उचाइसँगै मधुमेहको जोखिम पनि पुरूषमा ४१ प्रतिशत र महिलामा ३३ प्रतिशत सम्भावना घट्दै जाने डाइबिटोलोजिया जर्नलमा प्रकाशित अनुसन्धानले देखाएको छ।

होचा मानिसको कलेजोमा धेरै बोसो हुनु र मुटुरोग, आघात र मधुमेह निम्त्याउने कारक तत्वहरू पनि धेरै भएकाले यस्तो भएको हुनसक्ने अनुसन्धाताले जनाएका छन्।

अग्ला मानिसको पित्तथैलीमा हर्मोन उत्पादन गर्ने विशेष कोष र इन्सुलिन सेन्सिटिभिटी बढी हुने पनि अध्ययनमा देखिएको छ। अध्ययनमा सन् १९९४ देखि १९९८ सम्म पोट्सड्याम, जर्मनीका ४० देखि ६५ वर्षका १६ हजार ६ सयभन्दा धेरै महिला र करिब ११ हजार पुरूष सहभागी थिए। उनीहरूको विस्तृत मेडिकल सर्वेक्षण गरिएको छ।

“मधुमेहको जोखिमका लागि उचाइले धेरै फरक पार्ने अध्ययनले देखाएको छ,” अनुसन्धानकर्ताले भनेका छन्।

मधुमेह हुने व्यक्तिको अत्यधिक ब्लड ग्लुकोज वा ब्लड सुगर हुन्छ। यो खानाबाट आउँछ। हाल विश्वमा करिब ४२ करोड मानिसलाई मधुमेह भएको छ। इन्टरनेश्नल डाइबिटिज फेडेरेसनका अनुसार सन् २०४५ सम्म यो संख्या ६२ करोड ९० लाख पुग्नेछ। हाल मधुमेह दुई प्रकारका छन्।

टाइप १-   सामान्यतया बाल्यकालमा पहिचान हुन्छ। करिब १० प्रतिशत रोगीलाई टाइप १ मधुमेह हुन्छ। यसमा शरीरले इन्सुलिन उत्पादन नै गर्दैन। इन्सुलिनले रगतमा ग्लुकोजको मात्रा नियमित गर्दछ।

टाइप २-   मधुमेह भएका व्यक्तिको शरीरमा इन्सुलिन उत्पादन भए पनि पर्याप्त हुँदैन। यसको अर्थ ग्लुकोज रगतमै बस्छ। मोटोपन भएका व्यक्तिलाई टाइप २ मधुमेह हुने जोखिम बढी हुन्छ। यसले अन्धोपन, मृगौला बिग्रिने, मुटुरोग वा आघात पनि हुनसक्छ। गम्भीर समस्या भए हातखुट्टा शल्यक्रिया गरी काट्नुपर्ने पनि हुनसक्छ।
 

प्रकाशित मिति: ०७:०१ बजे, शनिबार, भदौ २८, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्