Kathmandu Press

हेटौँडा अस्पतालमा अक्सिजन उत्पादन सुरु

बागमती, माघ १७ : कोरोना सङ्क्रमित बिरामीलाई अस्पतालमा अक्सिजनको अभाव हुन नदिन हेटौँडा अस्पतालले अक्सिजन उत्पादन सुरु गरेको छ।सो अस्पतालले अहिले दैनिक २५० सिलिण्डर...
हेटौँडा अस्पतालमा अक्सिजन उत्पादन सुरु

बागमती, माघ १७ : कोरोना सङ्क्रमित बिरामीलाई अस्पतालमा अक्सिजनको अभाव हुन नदिन हेटौँडा अस्पतालले अक्सिजन उत्पादन सुरु गरेको छ।

सो अस्पतालले अहिले दैनिक २५० सिलिण्डर (ठूलो) उत्पादन गर्ने क्षमताको प्लान्ट निमार्ण गरेको सो अस्पतालले जनाएको छ । अमेरिकी सरकारको सहयोगमा सङ्घीय  स्वास्थ्य मन्त्रालयले रु तीन करोडको लागतमा दैनिक १२५ सिलिण्डर अक्सिजन उत्पादन गर्ने प्लान्ट स्थापना गरेपछि आजदेखि प्लान्टबाट उत्पादन सुरु भएको सो अस्पतालका अध्यक्ष राजेश प्रसाईंले जानकारी दिए।
    
उद्योग सङ्घ मकवानपुरले ११० अक्सिजन सिलिण्डर र हेटौँडा उपमहानगरपालिकाले दैनिक १५ सिलिण्डर (ठूलो) अक्सिजन उत्पादन गर्ने प्लान्ट स्थापना गरिदिएको अध्यक्ष प्रसाईंले बताए । अब कोरोनाका बिरामीलाई अक्सिजनको अभाव नहुने र हेटौँडा बाहिर अक्सिजनका लागि बिरामीलाई रेफर गर्नुपर्ने अवस्था नआउने उनको भनाइ रहेको छ। 

Hardik ivf

अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्न धेरै मेहनत गर्नुपरेको बताउँदै उक्त अस्पतालमा भन्टिलेटरसहित २० शय्या तयारीको अवस्थामा रहेको बताइएको छ ।

हाल अस्पतालमा नौ कारोनाका बिरामी उपचारत रहेको अस्पतालका  सुपरिटेण्डेण्ट डा रामचन्द्र सापकोटाले बताए। मकवानपुर जिल्लामा हाल कोरोना सङ्क्रमितको सङ्ख्या क्रमिक घट्दै गएको अस्पतालले जनाएको छ।   

प्रकाशित मिति: १६:३४ बजे, सोमबार, माघ १७, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्