Kathmandu Press

पूर्वमिस युएसए चेस्लीले गरिन् आत्महत्या

काठमाडौ, माघ १७ : पूर्व मिस युएसए चेस्ली क्रिस्टले ६० तले भवनबाट हाम फालेर आत्महत्या गरेकी छन्।३० वर्षीया क्रिस्ट सन् २०१९ की मिस...
पूर्वमिस युएसए चेस्लीले गरिन् आत्महत्या

काठमाडौ, माघ १७ : पूर्व मिस युएसए चेस्ली क्रिस्टले ६० तले भवनबाट हाम फालेर आत्महत्या गरेकी छन्।

३० वर्षीया क्रिस्ट सन् २०१९ की मिस युएसए उपाधि विजेता थिइन्। क्रिस्टले आफू बसेको म्यानहथन अपार्टमेन्टको ६०औं तलाबाट आइतबार हाम फालेकी न्युयोर्क अनलाइनले उल्लेख गरेको छ।

उनी उक्त अपार्टमेन्टको नवौं तलामा बस्थिन्। मिस युएसए बनेपछि उनले ‘एक्स्ट्रा’ नामक मनोरञ्जनात्मक कार्यक्रम प्रस्तोताका रूपमा काम गर्दै आएकी थिइन्। 
 

प्रकाशित मिति: १६:१६ बजे, सोमबार, माघ १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्