विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ११ जना पक्राउ
काठमाडौं, माघ १७ : विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ११ जना पक्राउ परेका छन्। कपिलवस्तुको ललितपुरको महालक्ष्मी नगरपालिका–१ इमाडोल बस्ने ३२ वर्षीय अरुण मोक्तान कपिलवस्तु नगरपालिका–२...
काठमाडौं, माघ १७ : विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ११ जना पक्राउ परेका छन्।
कपिलवस्तुको ललितपुरको महालक्ष्मी नगरपालिका–१ इमाडोल बस्ने ३२ वर्षीय अरुण मोक्तान कपिलवस्तु नगरपालिका–२ बर्गदवाबाट करिब ३ ग्राम ५ सय ८० मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगरसहित आइतबार साँझ पक्राउ परेका छन्।
बा७४प ६८४९ नम्बरको मोटरसाइकलमा सवार अरुणलाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो।
सुनसरीको धरान उपमहानगरपालिका–१३ शिवधाराबाट करिब २० ग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित सोही ठाउँ बस्ने २९ वर्षीय भरत मगरसमेत चारजनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ।
संघीय प्रहरी इकाइ कार्यालय धरान, इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी पोष्ट अमरहाटबाट खटिएको संयुक्त प्रहरी टोलीले भरतको कोठामा तलासी गर्दा उक्त पदार्थ फेला पारी सो कोठामा बसिरहेका उनीहरूलाई पक्राउ गरेको हो।
साथै घटनाको थप अनुसन्धानका क्रममा धरान उपमहानगरपालिका–१९ बस्ने २६ वर्षीय जनम मगरलाई करिब ४ ग्राम, सोही उपमहानगरपालिका–३ बस्ने २० वर्षीय सारङ खड्गी र २२ वर्षीय राजीव मगरलाई करिब ७ ग्राम गरी थप ११ ग्राम अवैध लागूऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थसहित प्रहरीले पक्राउ गरेको छ।
सुर्खेतको भेरीगंगा नगरपालिका–१० तोलिखोला रत्न राजमार्गबाट नियन्त्रित लागूऔषध ८ सय ८५ ट्याब्लेट नाईट्राभेट र १ हजार दरका ९ थान नक्कली नेपाली नोट सहित वीरेन्द्रनगर नगरपालिका–१० बस्ने २६ वर्षीय आसिस बैगार समेत तीजनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ।
नेपालगन्जबाट सुर्खेततर्फ आउँदै गरेको क.प्र.००२००१ ख ००६३ नम्बरको गाडीलाई इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा गाडीमा सवार उनीहरूको साथबाट उक्त लागूऔषध र नक्कली नोट फेला पारी पक्राउ गरेको हो।
मोरङको जहदा गाउँपालिका–२ हरिनगराबाट करिब ५६ केजी अवैध लागूऔषध गाँजा शनिबार राति प्रहरीले बरामद गरेको छ।
उक्त स्थानबाट भारततर्फ गाँजा ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको प्रहरीलाई देख्नासाथ गाँजा लोड भएको ४ वटा बोरा सोही स्थानमा छोडेर अपरिचित व्यक्तिहरू फरार भएपछि प्रहरीले बरामद गरेको हो।
हाल फरार रहेका अपरिचित व्यक्तिहरूको प्रहरीले खोजी गरिरहेको छ।











-1782735246.jpeg)