बिंगो खेलिरहेको अवस्थामा काठमाडौंबाट ७४ जना पक्राउ
काठमाडौं, माघ १७ : काठमाडौं महानगरपालिका-६ नयाँ बस्तीस्थित दोलाखा सैलुङ गाउँपालिका घर भएका ३० वर्षीय सागर घिसिङको निर्माण हुँदै गरेको स्नुकर हाउसमा बिंगाे...
काठमाडौं, माघ १७ : काठमाडौं महानगरपालिका-६ नयाँ बस्तीस्थित दोलाखा सैलुङ गाउँपालिका घर भएका ३० वर्षीय सागर घिसिङको निर्माण हुँदै गरेको स्नुकर हाउसमा बिंगाे खेलिरहेको अवस्थामा आइतबार साँझ ७४ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा घिसिङसहित ६६ जना पुरुष र आठ जना महिला रहेको प्रहरीले जनाएको छ। उक्त स्नुकर हाउसमा हारजित हुनेगरी बिंगो खेलाइरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी वृत्त बौद्धबाट संयुक्त रुपमा टोली खटिएको थियो।
प्रहरीले उनीहरूका साथबाट नगद ६ लाख १९ हजार २ सय ५० रुपैयाँसहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ।
प्रकाशित मिति: १५:२२ बजे, सोमबार, माघ १७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











