Kathmandu Press

घट्यो बैतडीको जनसङ्ख्या

बैतडी, माघ १७ : बैतडीको जनसङ्ख्या साढे ६ हजार घटेको छ । तथ्याङ्क विभागले सार्वजनिक गरेको जनगणनाको प्रारम्भिक विवरणअनुसार यहाँको जनसङ्ख्या घटेको पाइएको हो।विसं...
घट्यो बैतडीको जनसङ्ख्या

बैतडी, माघ १७ : बैतडीको जनसङ्ख्या साढे ६ हजार घटेको छ । तथ्याङ्क विभागले सार्वजनिक गरेको जनगणनाको प्रारम्भिक विवरणअनुसार यहाँको जनसङ्ख्या घटेको पाइएको हो।

विसं २०६८ को जनगणनाअनुसार बैतडीको जनसङ्ख्या दुई लाख ५० हजार ८९८ रहेकोमा १० वर्षमा घटेर दुई लाख ४४ हजार ४०० पुगेको छ । दश वर्षमा ६ हजार ४९८ घटेको साविकको जिल्ला जनगणना कार्यालयका प्रमुख सुरेन्द्रप्रसाद पन्तले बताए। 

Hardik ivf

सार्वजनिक विवरणअनुसार जिल्लाको सबैभन्दा बढी जनसङ्ख्या पुर्चौडी नगरपालिकामा रहेको छ । त्यहाँको जनसङ्ख्या १९ हजार ९६५ रहेको छ । दशरथचन्द नगरपालिकाको जनसङ्ख्या १६ हजार ७३३, पाटनको जनसङ्ख्या १४ हजार ९४५ र मेलौलीको जनसङ्ख्या ११ हजार २६५ रहेको छ। 

दोगडाकेदार गाउँपालिकाको जनसङ्ख्या १२ हजार ७६५, सिगास गाउँपालिकाको जनसङ्ख्या १२ हजार ३२६, डिलाशैनी गाउँपालिकाको जनसङ्ख्या ११ हजार ८८६, शिवनाथ गाउँपालिकाको जनसङ्ख्या नौ हजार ७५८, सूर्नया गाउँपालिकाको जनसङ्ख्या नौ हजार ६८१ र पञ्चेश्वर गाउँपालिकाको जनसङ्ख्या नौ हजार ६५० रहेको छ । 

बसाइसराइलगायत कारणले जिल्लाको जनसङ्ख्या घटेको प्रमुख पन्तले बताए । उनले भने, ‘जनसङ्ख्या घट्नुको प्रमुख कारण बसाइसराइ नै हो, तराइको जनसङ्ख्या बढेकाले पहाडबाट बसाइ सरेर तराइ झर्ने बढेका छन्।’  

प्रकाशित मिति: १५:०६ बजे, सोमबार, माघ १७, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्