Kathmandu Press

खाल्डो जमाइएको पानीमा डुबेर बारामा बालकको मृत्यु

खाल्डो जमाइएको पानीमा डुबेर बारामा बालकको मृत्यु

बारा, माघ १७ : धाराको पानी जम्मा गर्न खनेको खाल्डो डुबेर बारामा एक बालकको मृत्यु भएको छ।
 
जितपुर सिमरा उपमहानगरपालिका–१७ जैतापुर घर भएका रामाकान्त यादवका पाँच वर्षीय छोरा विवेक यादवको आइतबार बेलुकी मृत्यु भएको प्हरीले जनाएको छ। 

निजगढ नगरपालिका–७ लिचिटोलस्थित धाराको पानी जम्मा गर्न खनेको खाल्डो नजिक खेल्ने क्रममा अचानक उक्त खाल्डोमा डुबेर ती बालकको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटिएको थियो।

घटनाबारे थप अनुसन्धान भइरहेको प्हरीले जनाएको छ। 

 

प्रकाशित मिति: १४:४५ बजे, सोमबार, माघ १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्