Kathmandu Press

र्‍यापर लाउरेलाई थप ११ दिन हिरासतमा राख्न अदालतकाे अनुमति

काठमाडौं, माघ १७ : चर्चित र्‍यापर आशिष राना ‘लाउरे’ लाई थप ११ दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ।लाउरे...
र्‍यापर लाउरेलाई थप ११ दिन हिरासतमा राख्न अदालतकाे अनुमति

काठमाडौं, माघ १७ : चर्चित र्‍यापर आशिष राना ‘लाउरे’ लाई थप ११ दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ।

लाउरे ब्राउन सुगर कारोबारी समूहसहित गत पुस १५ गते पोखराबाट पक्राउ परेका थिए। उनलाई सुरमा आठ दिन र त्यसपछि १८ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको थियो।


कास्की जिल्ला अदालतले आज (आइतबार) थप ११ दिनको म्याद दिएको जिल्ला प्रहरी कार्यालय कासकीले जनाएको छ। उनको हिरासतका लागि म्याद थप गरिएको यो तेस्रोपटक हो।  

लागुऔषध मुद्दामा बढीमा ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न सक्ने कानुनी व्यवस्था छ।

लाउरेसँगै अरु तीनजना पनि पक्राउ परेका थिए। लाउरे ब्राउनसुगरको सेवनकर्ता मात्र रहेको अनुसन्धान अधिकारीहरूले बताएका छन्। ब्राउन सुगरको परीक्षण प्रतिवेदन भने आउन बाँक िरहेको जनाइएको छ।

प्रकाशित मिति: १४:२८ बजे, सोमबार, माघ १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्