Kathmandu Press

आवधिक निर्वाचन टार्न एमालेविरुद्ध गठबन्धन : योगेश भट्टराई

काठमाडाैं, माघ १७ : एमाले सचिव योगेश भट्टराईले सत्तारूढ गठबन्धन आवधिक निर्वाचनलाई टार्न एमालेविरुद्ध लागिपरेको आरोप लगाएका छन्।उनले आज (सोमबार) सामाजिक सञ्जालमार्फत त्यस्तो बताएका...
आवधिक निर्वाचन टार्न एमालेविरुद्ध गठबन्धन : योगेश भट्टराई

काठमाडाैं, माघ १७ : एमाले सचिव योगेश भट्टराईले सत्तारूढ गठबन्धन आवधिक निर्वाचनलाई टार्न एमालेविरुद्ध लागिपरेको आरोप लगाएका छन्।

उनले आज (सोमबार) सामाजिक सञ्जालमार्फत त्यस्तो बताएका हुन्। उनले गठबन्धन स्वच्छाचारी शासन लम्ब्याउने योजनामा रहेको पनि उल्लेख गरेका छन्।  

‘एमाले विरुद्धको गठबन्धन किन?’ उनले फेसबुकमा लेखेका छन्, ‘प्रदेशमा मन्त्रालय फुटाउँदै, मन्त्रीको संख्या थप्दै चालु र अनुत्पादक खर्च बढाउन। आवधिक निर्वाचनलाई टार्दै स्वच्छाचारी शासन लम्ब्याउन।’ 

प्रकाशित मिति: १४:१२ बजे, सोमबार, माघ १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्