Kathmandu Press

एसएस फाउन्डेसनद्वारा डोटीको झिमे मालिका माविलाई ८ सय झोला सहयोग

एसएस फाउन्डेसनले डोटीको झिमे मालिका माध्यमिक विद्यालयलाई ८ सयवटा स्कुल झोला सहयोग गरेको छ।डोटीको केआई सिंह गाउँपालिका–४ मा अवस्थित विद्यालयलाई फाउन्डेसनले झोला सहयोग...
एसएस फाउन्डेसनद्वारा डोटीको झिमे मालिका माविलाई ८ सय झोला सहयोग

काठमाडौं, माघ १७ : एसएस फाउन्डेसनले डोटीको झिमे मालिका माध्यमिक विद्यालयलाई ८ सयवटा स्कुल झोला सहयोग गरेको छ।

डोटीको केआई सिंह गाउँपालिका–४ मा अवस्थित विद्यालयलाई फाउन्डेसनले झोला सहयोग गरेको हो।

Hardik ivf

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वअध्यक्ष पशुपति शमशेर जबराले राजनीतिज्ञ रणबहादुर बलायरलाई सहयोगको झोला हस्तान्तरण गरेका थिए। एसएस फाउन्डेसनका अध्यक्ष मदनदास श्रेष्ठको अगुवाइमा देशका विभिन्न स्थानमा सहयोग उपलब्ध हुँदै आएको छ।

फाउन्डेसनले कोरोना भाइरसको पहिलो र दोस्रो लहरमा देशका विभिन्न स्थानमा स्वास्थ्य सामग्री सहयोग गरेको थियो। फाउन्डेसनका अध्यक्ष श्रेष्ठले आगामी दिनमा पनि पनि देशभरि  एसएस फाउन्डेसनले आपत्विपत्को बेला सहयोग गर्ने बताए।

प्रकाशित मिति: १३:४८ बजे, सोमबार, माघ १७, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्