चिकित्सा शिक्षा आयोगद्वारा स्नातकोत्तरका विभिन्न शैक्षिक कार्यक्रमको प्रवेश परीक्षाको नतिजा प्रकाशन

काठमाडौं, माघ १७ : चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातकोत्तर तहअन्तर्गतका विभिन्न शैक्षिक कार्यक्रमहरुको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशन गरेको छ।
आयोगले माघ ८ देखि १० गतेसम्म शिक्षा स्नातकोत्तर तहका विभिन्न १० वटा शैक्षिक कार्यक्रमहरुको एकीकृत प्रवेश परीक्षा सञ्चालन गरेको थियो।
आयोगले राष्ट्रिय चिकित्सा शिक्षा नियमावली, २०५७ (संशोधन सहित) को नियम १६ बमोजिम दुर्गम क्षेत्रमा काम गरेको अनुभवको अंक प्राप्त गर्ने उम्मेदवारको हकमा सो अंकसहित समावेश गरी कायम हुन आएको कुल अंकको आधारमा योग्यताक्रम निर्धारण गरिएको जनाएको छ।
प्रकाशित नतिजामा चित्त नबुझको खण्डमा उम्मेद्वारहरुले पुनर्योगका लागि निवेदन दिन सक्ने जनाइएको छ।
त्यसका लागि चिकित्सा शिक्षा एकीकृत प्रवेश परीक्षा सञ्चालन कार्यविधि, २०७७ को अनुसूची १ बमोजिमको ढाँचामा हिमालयन बैंकको चल्ती हिसाब नम्बर ०४३०८९३१६७००१७ मा जम्मा हुनेगरी एक हजार दस्तुर बुझाएको सक्ककल भौचर संलग्न राखी आज (सोमबार) बिहान १० देखि माघ १९ गतेसम्म अपराह्न ५ बजेभित्र [email protected] मा निवेदन पेस गर्न सकिने सूचनामा उल्लेख छ।











-1782735246.jpeg)