स्कुटर दुर्घटनामा एकजनाको मृत्यु
महेन्द्रनगर, माघ १७ : कञ्चनपुरमा स्कुटर दुर्घटनामा एकजनाको मृत्यु भएको छ । भीमदत्त नगरपालिका–३ का ४५ वर्षीय पुरन चौधरीको मृत्यु भएको हो। बिचपुरीबाट नौलाखेततर्फ जाने...
महेन्द्रनगर, माघ १७ : कञ्चनपुरमा स्कुटर दुर्घटनामा एकजनाको मृत्यु भएको छ । भीमदत्त नगरपालिका–३ का ४५ वर्षीय पुरन चौधरीको मृत्यु भएको हो।
बिचपुरीबाट नौलाखेततर्फ जाने क्रममा चौधरी सवार से ७ प ७१४६ नं को स्कुटर अनियन्त्रित हुँदा दुर्घटना भएको हो । उनको उपचारका क्रममा गए राति महाकाली प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरीक्षक केशवराज भट्टले जानकारी दिए।
यस्तै पूर्व–पश्चिम राजमार्गअन्तर्गत शुक्लाफाँटा नगरपालिका–१० कलुवापुरमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुईजना घाइते भएका छन्।
शुक्लाफाँटा नगरपालिकाका हरिदत्त जोशीले चलाएको सुप प्र ०२–०० प ४५५३ नं को मोटरसाइकल र विपरित दिशाबाट आएको सुप प्र ०२–००३ प ४५५९ नं को मोटरसाइकल आपसका ठोक्किएका हुन्।
दुर्घटनामा भीमदत्त नगरपालिका–६ का २८ वर्षीय पवन डगौँरासमेत घाइते भएका छन् । उनको कैलालीको धनगढीस्थ्ति माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।











-1782735246.jpeg)