Kathmandu Press

वाग्मती लोक सेवाले याेग्यता नमिलाई विज्ञापन प्रकाशन गरेकाे भन्दै भेटेनरी एसोसिएसनकाे आपत्ति

काठमाडौं, माघ १७ : वाग्गमती प्रदेश लोक सेवा आयोग हेटौंडाले याेग्यता नमिलाई विज्ञापन प्रकाशन गरेर पशु चिकित्सकको मर्यादामा आँच पुर्याउने कार्य गरेको भन्दै...
वाग्मती लोक सेवाले याेग्यता नमिलाई विज्ञापन प्रकाशन गरेकाे भन्दै भेटेनरी एसोसिएसनकाे आपत्ति


काठमाडौं, माघ १७ : वाग्गमती प्रदेश लोक सेवा आयोग हेटौंडाले याेग्यता नमिलाई विज्ञापन प्रकाशन गरेर पशु चिकित्सकको मर्यादामा आँच पुर्याउने कार्य गरेको भन्दै नेपाल भेटेनरी एसोसिएसनले आपत्ति जनाएको छ।

आयोगले यही माघ १० गते प्रदेशका विभिन्न सात स्थानीय तहमा स्थायी पदपूर्तिका लागि नेपाल कृषि सेवा, भेटेरिनरी समूह ‘पशु चिकित्सक’ अधिकृत छैटौं तहको पदपूर्तिका निम्ति विज्ञापन निकालेको थियो।

Hardik ivf

उक्त विज्ञापनमा एक तह माथिका लागि आवश्यक न्यूनतम शैक्षिक योग्यता  ‘पशु चिकित्सा शास्त्रमा स्नातकोपाधि’ राखेर सूचना प्रकाशित गरिएको प्रति भेटेनरी एसिोसिएसनको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

एसोसिएसनका अध्यक्ष डा. शीतलकाजी श्रेष्ठद्वारा आज (सोमबार) जारी विज्ञप्तिमा भनिएको  छ, ‘अध्यक्ष‘साबिकमा संघीय संरचनाको राजपत्र अनंकित प्रथम श्रेणीमा कम्तीमा पाच वर्ष कार्यरत योग्यता पुगेका प्राविधिक कर्मचारीलाई समायोजन गराउने क्रममा प्रोत्साहन स्वरुप एक तह बढुवा गराई स्थानीय तहमा खटाई पठाउने विशेष प्रयोजनका लागि कर्मचारी समायोजन ऐन, २०७५ को दफा ७ अन्तर्गत सिर्जना गरिएका छैटौं तहका उक्त पदहरु माथिल्लो तहको योग्यता राखेर खुला प्रतियोगिताबाट पूर्ति गर्न नहुने व्यहोरा विदितै छ।’

अगाडि भनिएको छ, ‘अर्कोतर्फ, प्रमाणपत्र तह विज्ञान विषयमा उत्तीर्ण गरी मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा पाँच वर्षको अध्ययन पूरा गरी नेपाल पशु चिकित्सा परिषद्को लाइसेन्सिङ परीक्षा उत्तीर्ण गरेका दर्तावाल पशु चिकित्सकहरु स्वास्थ्य सेवाअन्तर्गतका मेडिकल अफिसर, आठौं तह, सरहको पदमा नियुक्त हुनु पर्नेमा राजपत्र अनंकित प्राविधिकहरुको प्रोत्साहनको लागि समायोजनको क्रममा सिर्जना गरिएको छैर्टौं तहमै पशु चिकित्सकहरुलाई नियुक्त गर्नु खोजिनु पशु चिकित्सा व्यवसायको मर्यादा माथि गम्भिर आँच हो।’

उक्त पदहरुलाई कम्तीमा सातौं तह कायम गरी योग्यता सच्चाउन एसोसिएसनले अनुरोध गरेको छ। साथै स्थानीय तहहरुमा रहने कृषि सेवाको भेटेरिनरी समूहका पदहरु र कर्मचारी सख्या संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट दरबन्दी तेरिजमा व्यवस्था भएकोमा पशु चिकित्सकको दरबन्दी सातौ र आठौ हुने प्रस्टसँग उल्लेख रहेको पनि स्मरण गराइएको छ।

यस एसोसिएसनले गत वर्ष यसैगरी प्रकाशित विज्ञापनको सम्बन्धमा गत वर्ष माघ १४ गते बागमती प्रदेश लोक सेवा आयोगमा अनुरोध गर्दै उक्त पदहरुलाई कम्तस्मा सातौं तह कायम गरी योग्यता सच्चाउन अनुरोध गर्दागर्दै र सम्मानित सर्वोच्च अदालतमा उक्त विषयकै मुद्दा विचारधीन अवस्थामा रहेको अवस्थामा समेत यस वर्ष पनि सो आयोगले पुनः समान प्रकृतिको विज्ञापन प्रकाशित गरी त्यस्तो गरिमामय निकायबाट पटकपटक पशु चिकित्सा व्यवसायको मर्यादामा आँच पुर्‍याउने कार्य भएको भन्दै एसोसिएसनले खेद व्यक्त गरेको छ।

‘वाग्मती प्रदेश लोक सेवा आयोगलाई उक्त विज्ञापनअन्तर्गत उक्त पदहरुलाई कम्तिमा सातौं तह कायम गरी योग्यता सच्चाउनु हुन अनुरोध गर्दछौं,’ विज्ञप्तिमा उल्लेछ छ, ‘अन्यथा यस एसोसिएसन बागमती प्रदेश लोक सेवा आयोग र नेपाल सरकारविरुद्ध कडा भन्दा कडा संघर्षका कार्यक्रमहरु लिएर आउन बाध्य हुनेछ।’ संघर्षबाट सिर्जित कठिनाइको जिम्मेवारी पनि वाग्गमती प्रदेश लोक सेवा आयोग र सरकारको हुने विज्ञप्तिमा जनाइएको छ।

प्रकाशित मिति: १२:५३ बजे, सोमबार, माघ १७, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्