Kathmandu Press

निर्वाचनको मिति घोषणा गर्न माग

काठमाडौं, माघ १७ : लोकतान्त्रिक राष्ट्रिय अपांग संगठन नेपालले स्थानीय तहको निर्वाचन मिति चाँडो घोषणा गर्न माग गरेको छ।सो संगठनका महासचिव जगदीशप्रसाद अधिकारीले आज...
निर्वाचनको मिति घोषणा गर्न माग

काठमाडौं, माघ १७ : लोकतान्त्रिक राष्ट्रिय अपांग संगठन नेपालले स्थानीय तहको निर्वाचन मिति चाँडो घोषणा गर्न माग गरेको छ।

सो संगठनका महासचिव जगदीशप्रसाद अधिकारीले आज विज्ञप्ति जारी गरी संविधान र लोकतन्त्रको रक्षाका लागि आमनागरिकको सेवासुविधासँग सरोकार रहेको स्थानीय तहको कार्यकाल सकिनै लाग्दासमेत सरकारले निर्वाचन मिति घोषणा नगरेकोप्रति ध्यानाकर्षण गराएको हो।

नेपालको संविधानअनुसार आगामी २०७९ जेठ ५ गते स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल समाप्त हुने र सो समय अगावै स्थानीय तहको निर्वाचन हुन नसके जनप्रतिनिधिको रिक्तता हुनेप्रति चिन्ता व्यक्त भइरहेको छ।

सो संगठनले स्थानीय तह निर्वाचन ऐन, २०७३ मा अपांगता सवाललाई समावेश हुने गरी संशोधन गर्न पनि माग गरेको छ।

प्रकाशित मिति: १२:२८ बजे, सोमबार, माघ १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्