मोरक्कोलाई पराजित गर्दै इजिप्ट अफ्रीका कपको सेमिफाइनलमा
काठमाडौं, माघ १७ : मोरक्कोमाथि २–१ गोल अन्तरको पुनरागमन जित दर्ता गर्दै इजिप्ट अफ्रिका कप अफ नेशन्सको सेमिफाइनलमा प्रवेश गरेको छ ।आइतबार राति...
काठमाडौं, माघ १७ : मोरक्कोमाथि २–१ गोल अन्तरको पुनरागमन जित दर्ता गर्दै इजिप्ट अफ्रिका कप अफ नेशन्सको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आइतबार राति भएको खेलमा १ गोलले पछि परेको इजिप्टले अतिरिक्त समय गोल गर्दैै सेमिफाइनलमा स्थान बनाएको हो ।
इजिप्टको जितमा मोहम्मद सलाह र मोहम्मुद हसनले एकएक गोल गरे। खेलको छैटौं मिनेटमा सोफाइन बुफालले पेनाल्टीमा गोल गर्दै मोरक्कोलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १ गोलले पछि परेको इजिप्टले दोस्रो हाफमा बराबरी गोल गरेको थियो भने निर्णायक गोल थप गरिएको ३० मिनेट भित्र भएको थियो ।
खेको ५३ औं मिनेटमा मोहम्मद सलाहले गोल गरेपछि इजिप्टले बराबरी गरेको थियो । त्यसपछि निर्धारित समयमा गोल नभए पछि खेल अतिरिक्त समयमा गएको थियो ।
१०० औं मिनेटमा इजिप्टका लागि मोहम्मुद हसनले गोल गरेपछि २–१ गोलको जितका लागि सेमिफाइनलमा स्थान पक्का गर्न सफल भयो।
इजिप्टले अब फाइनल प्रवेशका लागि क्यामरुनसँग खेल्ने छ । क्यामरुनले गाम्बियालाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो ।











