Kathmandu Press

पूर्वाधार विकासमा फड्को मार्दै खजुरा

राँझा, माघ १७ : स्थानीय तहको निर्वाचनबाट जनप्रतिनिधि आएपछि बाँकेको खजुरा गाउँपालिकाले विकासमा फड्को मारेको छ । वर्षात्मा हिलाम्ये र हिउँदमा धुलाम्ये हुने अवस्थाका...
पूर्वाधार विकासमा फड्को मार्दै खजुरा

राँझा, माघ १७ : स्थानीय तहको निर्वाचनबाट जनप्रतिनिधि आएपछि बाँकेको खजुरा गाउँपालिकाले विकासमा फड्को मारेको छ । वर्षात्मा हिलाम्ये र हिउँदमा धुलाम्ये हुने अवस्थाका सडक मरमत भएका छन्। 

गाउँपालिकाभित्रका सडक कालोपत्रे, पीसीसी र ग्राभेल गर्ने कार्यसँगै  गाउँपालिकाको मुहारनै फेरिएको छ। गाउँपालिकाका मुख्य सडकदेखि सहायक सडकको यतिबेला स्तरोन्नति गर्ने काम भइरहेको छ । यहाँका  सबैवडामा अहिले धमाधम सडक र नाली निर्माण भईरहेको छ। 

Hardik ivf

निर्वाचनको बेला जनतासँग गरेको प्रतिबद्धता  अनुसारका गाउँपालिकाभित्रका मुख्य र सहायक सबै सडक र नाला पक्की गर्ने कार्य सम्पन्न भएको खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए। उनले अनुसार गाउँपालिकाले जन चाहना र आवश्यकताका आधारमा गाउँपालिकाभित्रका मुख्य र सहायक सडक नाला पुनःनिर्माण गर्ने र पूर्वाधार विकासलाई प्राथमिकता दिएको बताए।

खजुरा बजार क्षेत्रमा चार लेन सडक निर्माण  सुरु भएसँगै बजारको रुप पनि फेरिँदैछ । पहिलो चरणमा खजुरा गाउँपालिका–३ स्थित कपास विकास समितिदेखि धनौलीसम्म सडक विस्तार गर्ने गरी काम सुरु गाउँपालिकाले जनाएको छ । अहिले खजुरा गाउँपालिकाको सबैजसो वडाका सडक पक्की र ग्राभेल भइसकेका छन् भने केही सडक स्तरोन्नति गर्ने कार्य भइरहेको खजुरा ४ नं वडाध्यक्ष तिलकवीर सुनारले बताए।

गाउँपालिकाले अघि सारेका विकास निर्माणका सबैजसो योजना समयमै सम्पन्न भएकाले गाउँपालिकामा विकास देखिएको प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालको भनाइ छ । उनले अब वर्षामा गाउँपालिकावासीले डुबानको समस्या खेप्न नपर्ने गरी निर्माण कार्यलाई उच्च प्राथमिकता दिइएको दाबी गरे। 

प्रकाशित मिति: १०:२१ बजे, सोमबार, माघ १७, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्