Kathmandu Press

 बलात्कारकाे अभियाेगमा युनाइटेडका फरवार्ड ग्रीनउड पक्राउ 

 बलात्कारकाे अभियाेगमा युनाइटेडका फरवार्ड ग्रीनउड पक्राउ 

काठमाडौं, माघ १७ : इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका फरवार्ड मासन ग्रीनउड पक्राउ परेका छन्। प्रेमिका ह्यारिट रोब्सनलाई बलात्कार र कुटपिट गरको आरोपमा इंग्ल्याण्ड प्रहरीले उनलाई पक्राउ गरेको हो। 

ग्रीनउडकी प्रेमिका रोब्सनले इस्टाग्रामको स्टोरीमा ग्रीनउडले आक्रमण गरेको भन्दै तस्बीरहरु सार्वजनिक गरेका थिए । रगत बगिरहेको र शरीरमा निलडाम भएको तस्बीरहरु भाइरल बनेको थियो ।

इंग्ल्यान्ड प्रहरीले ग्रीनउड पक्राउ गरेको पुष्टि गरेको छ । ग्रीनउडमाथि अनुसन्धान भईरहेको प्रहरी जनाएको छ ।

विवादमा तानिएपछि युनाईटेडले उनलाई निलम्बन गरिसकेको छ । अर्को सूचना नआएसम्मका लागि उनलाई प्रशिक्षण र खेलमा निलम्बन गरिएको युनाईटेडले जनाएको छ ।

प्रकाशित मिति: १०:१४ बजे, सोमबार, माघ १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्