Kathmandu Press

प्रविधिमैत्री र सुविधा सम्पन्न प्रहरी भवन निर्माण गर्दै लगिने : प्रहरी महानिरीक्षक क्षेत्री

काठमाडौं, माघ १६ : प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आगामी दिनमा प्रविधिमैत्री एवम् सुविधा सम्पन्न प्रहरी भवनहरु निर्माण गर्दै लैजाने प्रहरी संगठनको नीतिलाई...
प्रविधिमैत्री र सुविधा सम्पन्न प्रहरी भवन निर्माण गर्दै लगिने : प्रहरी महानिरीक्षक क्षेत्री

काठमाडौं, माघ १६ : प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आगामी दिनमा प्रविधिमैत्री एवम् सुविधा सम्पन्न प्रहरी भवनहरु निर्माण गर्दै लैजाने प्रहरी संगठनको नीतिलाई कार्यान्वयन गर्दै लगिने  बताएका छन् । 

जिल्ला प्रहरी कार्यालय गोरखा परिसरमा नवनिर्मित कार्यालय भवन, हिरासत, कार्यालय प्रमुख निवास, प्रहरी कर्मचारीहरुको लागि व्यारेक भवन, मेस भवन र सिनियर अधिकृत आवास भवनको आइतबार आयोजित एक कार्यक्रमबीच उद्‌घाटन गर्दै प्रहरी  महानिरीक्षक थापा क्षेत्रीले उक्त कुरा बताएका हुन् । प्रहरी महानिरीक्षक थापा क्षेत्रीले नवनिर्मित भवनहरुको प्रयोग गरी प्रहरी कर्मचारीबाट गुणस्तरीय प्रहरी सेवा सञ्चालन गर्न सहज हुने अपेक्षा व्यक्त गरे । 

Hardik ivf

प्रतिकूलताको बिचमा अनुकूलता ल्याउने मुख्य दायित्व प्रहरीको भएकोले आम नागरिकलाई पारदर्शी र प्रभावकारी प्रहरी सेवा प्रदान गर्न उपस्थित प्रहरी कर्मचारीहरुलाई उनले निर्देशन दिए । प्रहरी महानिरीक्षक थापा क्षेत्रीले तल्लो तहका प्रहरी कर्मचारीहरुको वृत्ति विकास र सुविधालाई बिशेष ख्याल गरेर लैजाने प्रतिबद्धता व्यक्त गर्दै ऐतिहासिक जिल्ला गोरखामा कार्यरत प्रहरी कर्मचारीहरुबाट गुणस्तरीय प्रहरी सेवा सहित प्रहरी पेशालाई मर्यादित र स्वाभिमानको पेशाको रुपमा अंगिकार गर्नुपर्ने तथा नागरिकहरुबाट पनि प्रहरी कार्यमा सहयोग र समन्वय गर्न
आवश्यक भएको उल्लेख गरे । 

सो अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले २०१२ सालमा नेपाल प्रहरीमा सेवा प्रवेश गरी ३३ वर्ष सेवा पूरा गरी अवकाश प्राप्त पूर्व प्रहरी नायव निरीक्षक ८६ वर्षीय नारायण भक्त अर्याललाई दोसल्ला ओढाई सम्मान गर्नुका साथै भवन निर्माण कार्यमा सहयोग पुर्‍याउने जिल्ला समन्वय समितिको कार्यालय गोरखा, गोरखा नगरपालिकाको कार्यालय गोरखा र रोयल कन्‍सट्रक्सन धनगढी कैलालीलाई कदरपत्र प्रदान गरे । 

प्रकाशित मिति: १९:५२ बजे, आइतबार, माघ १६, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्