Kathmandu Press

काठमाडौँ विश्वविद्यालयले प्राविधिक विषयको शिक्षक उत्पादन गर्ने

काठमाडौँ माघ १६ :  काठमाडौँ विश्वविद्यालयले प्राविधिक तथा व्यावसायिक शिक्षा अध्यापन गराउने शिक्षक उत्पादन गर्न ‘बिटेक एड’ कार्यक्रम सञ्चालन गर्ने भएको छ। सो...
काठमाडौँ विश्वविद्यालयले प्राविधिक विषयको शिक्षक उत्पादन गर्ने

काठमाडौँ माघ १६ :  काठमाडौँ विश्वविद्यालयले प्राविधिक तथा व्यावसायिक शिक्षा अध्यापन गराउने शिक्षक उत्पादन गर्न ‘बिटेक एड’ कार्यक्रम सञ्चालन गर्ने भएको छ। सो विश्वविद्यालयले आज भर्चुअल पत्रकार सम्मेलन गरी ब्याचलर इन टेक्निकल एजुकेसन (बिटेकएड) सञ्चालन गर्ने जानकारी दिएको हो।

विश्वविद्यालयका स्कुल अफ एजुकेसनका डीन डा बालचन्द्र लुइँटेलले बिटेकएड कार्यक्रम सञ्चालन गर्न देशभरका तीनवटा क्याम्पसलाई अनुमति दिइएको बताए।

Hardik ivf

हाल प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)  अन्तर्गत एक हजार १३१ वटा शिक्षालयमा ७० हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन्। यी विद्यार्थीलाई अध्यापन गराउने इन्सट्रक्टर अभाव भएकाले त्यस्तो जनशक्ति उत्पदान गर्न लागिएको उनले जानकारी दिए।

उक्त बिटेकएड १३६ क्रेडिट आवरको हुने र चारवर्षे कार्यक्रमका लागि करिब छ लाख शुल्क लाग्नेछ। प्रवेश परीक्षामा सहभागी हुन कक्षा १२ मा भौतिकशास्त्र र गणितलाई मूल विषय बनाए उत्तीर्ण गरेका विद्यार्थी, ९–१२ मा इन्जिनियरिङ पढेका विद्यार्थी सहभागी हुन पाउँछन्। यस विषय अध्ययनका लागि ४ वर्षमा पाँच लाख ७२ हजार शुल्क निर्धारण गरिएको छ।

विश्वविद्यालयको सम्बन्धनमा जानकी कलेज अफ प्रोफेसनल स्टडिज, जनकपुरमा आइटी विषयका लागि ३०, सिन्धुली टेक्निकल इन्स्टिच्युटमा आइटीका लागि २० र सिभिलका लागि २० जनाको कोटा निर्धारण गरेको छ।

यस्तै बुटवल टेक्निकल इन्स्टिच्युट रुपन्देहीमा मेकानिकल इन्जिनियरिङतर्फ ३० जना विद्यार्थीले अध्ययन गर्न पाउँछन्। देशभर यस वर्ष सयजना विद्यार्थीले बिटेकएड पढ्न पाउने विश्वविद्यालयले जनाएको छ। सो विषय अध्ययन गर्न चाहने विद्यार्थीका लागि विश्वविद्यालयले आउँदो फेब्रुअरी २१ सम्म फारम खुल्ला गरेको छ।

प्रकाशित मिति: १९:४२ बजे, आइतबार, माघ १६, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्