Kathmandu Press

मृत अवस्थामा फेला

काठमाडौं, माघ १६ : भोजपुर, षडानन्द नगरपालिका १ सोमबारेस्थित जुम्ला कनकासुनदरी गाउँपालिका ५ घर भई कपडा बेच्दै हिड्ने ४२ वर्षीय तोप बहादुर बढुवाल...
मृत अवस्थामा फेला

काठमाडौं, माघ १६ : भोजपुर, षडानन्द नगरपालिका १ सोमबारेस्थित जुम्ला कनकासुनदरी गाउँपालिका ५ घर भई कपडा बेच्दै हिड्ने ४२ वर्षीय तोप बहादुर बढुवाल आइतबार मृत अवस्थामा फेला परेका छन् । 

सोही नगरपालिका-१ बस्ने नरेन्द्र राईको घरमा बस्दै आएको उनी शनिबार साँझ खाना खाई हिडेकोमा कोठामा फर्कि नआएपछि खोजी गर्ने क्रममा उक्त स्थानमा उनको शव फेला परेको हो । झापाको बिर्तामोड नगरपालिका १० बस्ने ४६ वर्षीय गणेश मर्डी सोही ठाउँ पश्चिम कदमचोकस्थित भित्री सडकको होमपाईपमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।  

Hardik ivf

यस्तै खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १३ नुनथला खाम्ला टोल बस्ने २७ वर्षीय गौरव राई आफ्नै घर नजिक सडकमा आइतबार मृत अवस्थामा फेला परेका छन् । शनिबार घरबाट हिँडेका उनी घर फर्की नआए पछि खोजी गर्ने क्रममा उक्त स्थानमा उनको शव फेला परेको हो । 

पाँचथर, फिदिम नगरपालिका १ चारखम्बे बस्ने ६८ वर्षीया शुसिला तामाङ सोही नगरपालिका २ तालखर्कस्थित ठाडे खोल्सामा आइतबार मृत अवस्थामा फेला परेकी छिन् । गत मंगलबारदेखि हराई रहेकी उनको खोजी गर्ने क्रममा उक्त स्थानामा शव फेला परेको हो । 

प्रकाशित मिति: १९:२७ बजे, आइतबार, माघ १६, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्