Kathmandu Press

बौद्धमा सवारी दुर्घटना हुँदा एकको मृत्यु

काठमाडाैं, माघ १६ : काठमाडौँ महानगरपालिका–६ बौद्धमा बस र कारमा मोटरसाइकल ठक्कर खाँदा एक व्यक्तिको मृत्यु भएको छ। यहाँस्थित सडकमा प्र–३–०१–०२२ च ५१९५...
बौद्धमा सवारी दुर्घटना हुँदा एकको मृत्यु
Hardik ivf

काठमाडाैं, माघ १६ : काठमाडौँ महानगरपालिका–६ बौद्धमा बस र कारमा मोटरसाइकल ठक्कर खाँदा एक व्यक्तिको मृत्यु भएको छ। यहाँस्थित सडकमा प्र–३–०१–०२२ च ५१९५ नंको कार र बा३ख ४८१० नंको बसमा बा३४प ५६५७ नंको मोटरसाइकल ठक्कर खाई भएको दुर्घटनामा मोटरसाइकल चालक अन्दाजी २५ वर्षीय पुरुषको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। उनको पहिचान खुलेको छैन।

आज दिउँसो भएको दुर्घटनामा गम्भीर घाइते भएका उनको टिचिङ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। कार र बसका चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १९:१२ बजे, आइतबार, माघ १६, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्