Kathmandu Press

अवैध मुद्रासहित पाकिस्तानी पक्राउ

काठमाडाैं, माघ १६ :  प्रहरीले अवैध रुपमा विदेश लैजान लागेका विभिन्न देशका मुद्रासहित पाकिस्तानी नागरिक हाफिज एटिक अर रहमानलाई पक्राउ गरेको छ।फ्लाई दुबईको...
अवैध मुद्रासहित पाकिस्तानी पक्राउ

काठमाडाैं, माघ १६ :  प्रहरीले अवैध रुपमा विदेश लैजान लागेका विभिन्न देशका मुद्रासहित पाकिस्तानी नागरिक हाफिज एटिक अर रहमानलाई पक्राउ गरेको छ।

फ्लाई दुबईको उडानद्वारा दुबई जान लागेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान विन्दुमा झोला परीक्षण गर्ने क्रममा पक्राउ गरिएको हो। उनको झोलाबाट साउदी रियाल ४७ हजार १५०, युएई दिराम ४००, ओमानी रियाल ५ दशमलव ५ लगायतका मुद्रा बरामद गरिएको थियो।

अभियुक्तलाई आज थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १९:११ बजे, आइतबार, माघ १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्