Kathmandu Press

प्रदेशसभा सदस्य शाहीको दुःखेसो ...

प्रदेशसभा सदस्य शाहीको दुःखेसो ...

कर्णाली, माघ १६ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालबाट प्रतिनिधित्व गर्ने कर्णाली प्रदेशसभा सदस्य सोशिला शाही आज बैठक सञ्चालन भएकै अवस्थामा सभाहलबाट बाहिरिइन्। प्रदेशसभाको नवौँ अधिवेशनको तेस्रो बैठकका क्रममा असन्तुष्टि जनाउँदै उनी बाहिरिएकी हुन्।

उनले बैठकको सुरुमा आपत्ति जनाए पनि त्यही समय लिँदै नेकपा (एमाले) प्रदेशसभा दलका नेता यामलाल कँडेलले करिब ४० मिनेट बोलिरहँदा सदस्य शाही त्यतिञ्जेल सभामा उभिरहिन। जब नेता कँडेलले धारणा राखेर सके त्यसपछि सभामुख शाहीले के होला माननीय सदस्य? छोटोमा कुरा राख्नुहोला भनेर उनलाई समय दिए।

Hardik ivf

करिब ४० मिनेट सभामा उभिएकी सदस्य शाहीले गहकिएर भनिन, 'सभामुख महोदय ! हाम्रो दलले स्थान पाउने कि नपाउने ? सभामा सबै दलको मान्यता त्यही त होला नि ? प्रदेशसभा सचिवालयले गरेको व्यवस्था मिलेन कि ? मलाई बारम्बार सिटकै लागि मरिहत्ते गरेजस्तो किन गरिँदैछ ? मैले पनि कुनै न कुनै धारणा राख्ने वातावरण तयार गर्नुपथ्र्यो कि ? कर्णाली प्रदेशका निमुखा जनताले सरकार, प्रमुख प्रतिपक्षीसहित अन्य दलको धारणा सुन्न पाउनु पर्‍यो नि?'

कर्णालीमा विकास, समृद्धि भएन भन्ने कुरा उठे पनि विकास कति भयो÷भएन भन्ने कुराको मूल्याङ्कन १० जिल्लाका जनताले गरेको उनले बताए। सानो दलले विश्वासको मत दिँदा सत्तापक्ष र नदिँदा अर्को पार्टीको भयो भन्ने कुन सोच राखिन्छ भने सभामुख महोदय ! मैले जाने कहाँ ? प्रश्न गर्दै सदस्य शाहीले भनिन, 'कि गेटबाटै फर्कनुपर्ने हो ? दलको मान्यता दिएपछि त्यहीअनुसार सिटको पनि त व्यवस्था हुनुपर्‍यो। अब म यत्तिकैमा जान्छु र सिटको व्यवस्था होस्।'

अब बैठक आउन पाइए आउला, नआउन पाइए नआउँला, मेरो आवश्यकता भए बोलाउनु होला नभए नबोलाउनु होला। चार दलले कर्णालीको विकास गर्नु, मैले घुमाएर रिङ्ग्याएर कुरा गर्न जानेको छैन भन्दै उनी बैठकबाट बाहिरिइन। त्यसपछि सभामुख राजबहादुर शाहीले बैठक आधा घन्टाका लागि स्थगन भएको सूचना गरेका थिए।

प्रकाशित मिति: १८:५६ बजे, आइतबार, माघ १६, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्