Kathmandu Press

‘पाँच दलीय गठबन्धन चुनावसम्मै जाने सम्भावना’

काठमाडौं, माघ १६ : नेपाली कांग्रेसका नेता दीपक खड्काले आफ्नो पार्टीले अहिले रहेको पाँच दलीय गठबन्धनलाई साथमै लिएर चुनावमा जाने सम्भावना रहेको बताएका...
‘पाँच दलीय गठबन्धन चुनावसम्मै जाने सम्भावना’

काठमाडौं, माघ १६ : नेपाली कांग्रेसका नेता दीपक खड्काले आफ्नो पार्टीले अहिले रहेको पाँच दलीय गठबन्धनलाई साथमै लिएर चुनावमा जाने सम्भावना रहेको बताएका छन्। 

रिपोटर्स क्लब नेपालले आइतबार काठमाडौंमा गरेको साक्षात्कारमा उनले कांग्रेस चुनावको पक्षमा रहेको भन्दै चुनाव हुँदैन् कि भन्ने आशंका नपाल्न पनि आग्रह गरे।

नेता खड्काले पार्टीका नेताहरुका बीचमा पनि निर्वाचनमा पाँच दलीय गठबन्धन सँगै जाने वा नजाने भन्नेबारे आ–आफ्नो मत रहेको उल्लेख गरे। निर्वाचन गर्नेबारे सहमति भएपछि अब ऐन तथा कानुन संशोधन गर्ने कुरा अहिले गर्न नहुने उनको भनाइ छ।

नेता खड्काले शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले राम्रो काम गरेको दाबी गरे।

त्यस्तै माओवादी केन्द्रका नेता रामनारायण बिडारीले आगामी स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धनले चुनावी तालमेल गर्ने स्पष्ट पारे। सरकारले संविधाअनुसार निर्वाचन गर्ने उहाको भनाइ छ।  

साक्षात्कारमा एमाले नेता शेरबहादुर तामाङले सत्ता गठबन्धनले आगामी जेठभित्र स्थानीय तहको निर्वाचन गर्ने भनेर भने पनि सरकारले निर्वाचनको मिति घोषणा नगरेसम्म विश्वास गरिहाल्ने अवस्था नभएको बताए।  निर्वाचनको तयारी गर्न कुनै बाधा नभएको भन्दै उहाले बैशाखमै निर्वाचन गराउन सकिने बताए।

त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्णले सत्तापक्षले जेठभित्रै निर्वाचन गर्ने भनेर घोषणा गरेको भएपनि अहिल्यै नै यसलाई पत्याउने वा विश्वास गर्ने आधार भने बनिनसकेको बताए।

उनले जनदबाब बढेपछि सत्तापक्षले बाध्य भएर निर्वाचन गर्ने घोषणा गरेको पनि टिप्पणी गरे। 

प्रकाशित मिति: १८:११ बजे, आइतबार, माघ १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्