Kathmandu Press

पाँच दिनदेखि हराइरहेकी वृद्धा मृत फेला

पाँचथर, माघ १६ : पाँच दिनदेखि हराइरहेकी पाँचथरको फिदिम नगरपालिका–१ की एक वृद्धा मृत फेला परेकी छन्।फिदिम नगरपालिका–१ चारखम्बेकी ६८ वर्षीया सुशीला तामाङ...
पाँच दिनदेखि हराइरहेकी वृद्धा मृत फेला

पाँचथर, माघ १६ : पाँच दिनदेखि हराइरहेकी पाँचथरको फिदिम नगरपालिका–१ की एक वृद्धा मृत फेला परेकी छन्।

फिदिम नगरपालिका–१ चारखम्बेकी ६८ वर्षीया सुशीला तामाङ फिदिम नगरपालिका–२ तालखर्कको ठाडे खोल्सीमा मृत फेला परेकी हुन्।

तामाङ माघ ११ गतदेखि हराइरहेकी थिइन्। खोजी गर्ने क्रममा आज दिउँसो १२ः४० मा तामाङको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको र मृतकको शवपरीक्षणका लागि पाँचथर जिल्ला अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिए।

प्रकाशित मिति: १७:४९ बजे, आइतबार, माघ १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्