Kathmandu Press

हुम्लामा सुरु भयो कोभिड-१९ विरुद्धको तेस्रो खोप

हुम्लामा सुरु भयो कोभिड-१९ विरुद्धको तेस्रो खोप

हुम्ला, माघ १६ : कोभिड-१९ विरुद्धको पहिलो तथा दोस्रो डोजको खोप लगाइसकेका यहाँका जनतालाई तेस्रो खोप लगाउन यही माघ १४ गतेदेखि स्वास्थ्यकर्मी खटाइएको छ।

जिल्ला स्वास्थ्य कार्यालयले जिल्लाका सातवटै गाउँपालिकाका सर्वसाधारणालाई खोप लगाउन स्वास्थ्यकर्मी खटाएको हो।

Hardik ivf

हिमपातका बीच गाउँगाउँमा गएर तेस्रो डोजको खोप लगाउनका लागि स्वास्थ्यकर्मीहरू खटाइएको हो। जिल्लामा कोभिडसिल्ड १४ हजार ४०२, भेरोसिल्ड २० हजार ८००, जोनसोन एक हजार १००, एस्ट्राजेनेका तीन हजार ८९० र मोडर्ना ३७० खोप आइसकेको छ।

तेस्रो डोजको खोप लगाउने कार्य सुरु भइसकेको जिल्ला स्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमुख प्रेमबहादुर सिंहले जानकारी दिए। 

नेपाली सेना, नेपाली प्रहरी, नेपाली सशस्त्र प्रहरी बल, कर्मचारी, स्वास्थ्यकर्मी र सञ्चारकर्मीहरू गरी ३०० जनामा तेस्रो खोप लगाइसकेको र जोसुकैलाई पनि हुम्ला जिल्ला अस्पतालमा तेस्रो खोप लगाउनका लागि खुला गरिएको छ। 

त्यसैगरी हुम्ला जिल्लाको उत्तरी सिमानाको नाम्खा गाउँपालिका–५ र ६ मा भने अत्यधिक हिमपात भएका कारणमा त्यसतर्फ स्वास्थ्यकर्मीहरूलाई पठाउन कठिनाइ भएको जिल्ला स्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमुख सिंहले बताए।    

प्रकाशित मिति: १७:१२ बजे, आइतबार, माघ १६, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्