बालिका हत्या आरोपमा एकजना पक्राउ
पर्सा, माघ १६ : १० वर्षीया बालिका रिजवाना महतोको हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका-१६ बस्ने ४० वर्षीय मोती...
पर्सा, माघ १६ : १० वर्षीया बालिका रिजवाना महतोको हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका-१६ बस्ने ४० वर्षीय मोती पटेल भन्ने मोतीलाला कुर्मी रहेको प्रहरीले जनाएको छ।
वीरगन्ज-१६ घर भई वीरगन्ज-१५ मा बस्दै आएका सरोज महतो कुशवाहाकी छोरी रिजवानाको शव गत पुस २४ गते कञ्चनजंघा स्कुलनजिकै फेला परेको थियो।
कुर्मीले एक महिलासँगको अवैध सम्बन्धबारे ती बालिकाले चाल पाएको र त्यो कुरा बाहिर नआओस् भनेर अपहरण गरेर उनको हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
प्रहरीका अनुसार कुर्मीलाई माघ २ गते वीरगन्ज-१६ इनर्वास्थित नेपाल-भारत सीमाबाट पक्राउ गरिएको हो।
प्रकाशित मिति: १५:०९ बजे, आइतबार, माघ १६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1782735246.jpeg)