Kathmandu Press

भक्तपुरको इन्द्रायणी मन्दिरबाट चोरिएको सामाग्री फेला 

काठमाडौं, माघ १६ : भक्तपुरको मध्यपुरथिमीस्थित इन्द्रायणी मन्दिरबाट चोरिएका केही सामाग्रीहरु फेला परेका छन्। महानगरीय प्रहरी वृत्त मध्यपुर थिमीका एक प्रहरी  अधिकृतका अनुसार शुक्रबार राति...
भक्तपुरको इन्द्रायणी मन्दिरबाट चोरिएको सामाग्री फेला 

काठमाडौं, माघ १६ : भक्तपुरको मध्यपुरथिमीस्थित इन्द्रायणी मन्दिरबाट चोरिएका केही सामाग्रीहरु फेला परेका छन्। 

महानगरीय प्रहरी वृत्त मध्यपुर थिमीका एक प्रहरी  अधिकृतका अनुसार शुक्रबार राति मन्दिरको भण्डार कोठाबाट छुस्या, भुस्या,  झ्याली  र शंख चोरिएका थियो।  

Hardik ivf

उनका अनुसार शनिबार मन्दिर नजिकैको जंगलमा उक्त सामाग्रीहरु भेटिएका हुन्। चोरी भएका सामाग्री मध्य बाजागाजा ६ वटा छुस्या, ५ वटा भुस्या, २ वटा झ्याली र एक वटा शंख भेटिएको छ। 

चोरीको प्रकृति हेर्दा कुनै गिरोहभन्दा पनि अल्लारे युवाहरूको संलग्नता देखिएको अनुमान गरिएको अधिकृतले बताए।

बाँकी रहेका सामाग्रीहरूको खोजीमा तीव्रता दिएको पनि वृतले जनाएको छ । चोरी भएका सामाग्री सयौं वर्ष पुरानो भएको स्थानीयको भनाइ छ । 
 

प्रकाशित मिति: १४:३१ बजे, आइतबार, माघ १६, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्