Kathmandu Press

वाग्मती किनारका अनधिकृत संरचना हटाइने

माेरङ, माघ १६ : गुह्येश्वरीबाट थापाथली पुलसम्मको वाग्मती किनारका दायाँबायाँ बनेका अनधिकृत अस्थायी एवं स्थायी संरचना सात दिनभित्र हटाउन अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास...
वाग्मती किनारका अनधिकृत संरचना हटाइने

माेरङ, माघ १६ : गुह्येश्वरीबाट थापाथली पुलसम्मको वाग्मती किनारका दायाँबायाँ बनेका अनधिकृत अस्थायी एवं स्थायी संरचना सात दिनभित्र हटाउन अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले सार्वजनिक सूचना जारी गरेको छ।
 
नदी किनारमा बनेका अस्थायी संरचना तीन दिनभित्र र स्थायी संरचना सात दिनभित्र हटाउन समितिको आयोजना उपप्रमुख अमित रञ्जितले जारी गरेको सूचनामा उल्लेख छ।

यसअघि पनि यस्ता संरचना हटाउन पटकपटक सार्वजनिक सूचना जारी गरी जानकारी गराइएकामा त्यसको बेवास्ता भएकाले पुनः सूचना प्रकाशन गर्न बाध्य हुनुपरेको समितिले जनाएको छ। 

तोकिएको समयभित्र अनधिकृत संरचना नहटाएमा समितिले आफैँ भत्काउने र लागेको खर्च संरचना निर्माण गर्ने व्यक्ति एवं पक्षबाट सरकारी बाँकीसरह उठाइनेछ।

समितिले यसअघि गोकर्णबाट गुह्येश्वरीसम्मको नदीकिनारमा बनेका करिब चार दर्जन स्थायी एवं अस्थायी संरचना पनि हटाएको थियो।

प्रकाशित मिति: १३:१३ बजे, आइतबार, माघ १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्