Kathmandu Press

बाइस किलोग्राम चरेस बरामद

कञ्चनपुर, माघ १६ : कञ्चनपुरको बेलौरी नगरपालिकाबाट शनिबार राति बाइसकिलो १५० ग्राम चरेस बरामद गरिएको छ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक...
बाइस किलोग्राम चरेस बरामद

कञ्चनपुर, माघ १६ : कञ्चनपुरको बेलौरी नगरपालिकाबाट शनिबार राति बाइसकिलो १५० ग्राम चरेस बरामद गरिएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले भारतीय नम्बर प्लेटको युपी ३१ २२५६ नम्बरको मोटरसाइकलसहित बेलौरीको बुटाबारीबाट चरेस बेवारिसे अवस्थामा बरामद गरिएको बताए।

Hardik ivf

इलाका प्रहरी कार्यालय बेलौरीको प्रहरी टोलीले उक्त चरेस मोटरसाइकलमा राखेको अवस्थामा भेट्टाएको प्रवक्ता शाहको भनाइ छ। ‘चरेसबारे विस्तृतमा अनुसन्धान हुँदैछ,’ उनले भन्नुभयो, ‘अनुसन्धानबाट सबै कुरा बाहिर आउछ।’

पछिल्लो समय कञ्चनपुरको दक्षिण क्षेत्रबाट प्रहरीले दिनहुँजसो लागूऔषध ब्राउनसुगरसहित युवकहरु पक्राउ गर्दै आएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १३:१० बजे, आइतबार, माघ १६, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्