Kathmandu Press

अनलाइन सपिङ गर्दा माछापुच्छ्रे बैंकले शुल्क नलिने

काठमाडौं, भदौ २७ : अनलाईन सपिङमा माछापुच्छ्रे बैंकले निःशुल्क सेवा सुरु गरेकाे छ। माछापुच्छ्रेका डेबिट कार्ड, क्रेडिट कार्ड तथा प्रिपेड कार्ड प्रयोग ग....

अनलाइन सपिङ गर्दा माछापुच्छ्रे बैंकले शुल्क नलिने

काठमाडौं, भदौ २७ : अनलाईन सपिङमा माछापुच्छ्रे बैंकले निःशुल्क सेवा सुरु गरेकाे छ। माछापुच्छ्रेका डेबिट कार्ड, क्रेडिट कार्ड तथा प्रिपेड कार्ड प्रयोग गर्दा कुनै पनि शुल्क नलाग्ने व्यवस्था गरेको हो।

अनलाईन सपिङमा ग्राहकको बढ्दो आकर्षणलाई मध्यनजर गर्दै निःशुल्क सुविधा ल्याएको बैंकले जनाएको छ। माछापुच्छ्रेको भिसा कार्ड प्रयोग गरी दराज, किराना पसल, इ–सेवा पसललगायतका अनलाईनहरुमार्फत सपिङ गर्दा यो सुविधा प्राप्त गर्न सकिनेछ ।

त्यस्तै, अन्तर्राष्ट्रिय भिसा कार्ड प्रयोग गरी होटल बुकिङ्ग गर्दा समेत शुल्क नलाग्ने भएको छ।

आफ्नो कार्डमा यो सुविधा थप्न नजिकको शाखा कार्यालयमा सम्पर्क राख्न वा बैंकको कल सेन्टरमा सम्पर्क गर्न माछापुच्छ्रे बैंकले आह्वान गरेको छ।

बैंकका एक सय ३६ वटा शाखा, एक सय २१ शाखारहित बैकिङ सेवा उपलब्ध छ भने देशभर एक सय ५९ वटा एटीएम संचालनमा छन्।

 

प्रकाशित मिति: १३:२५ बजे, शुक्रबार, भदौ २७, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्