Kathmandu Press

फेरि १० दिन सर्‍यो प्रतिनिधिसभाको बैठक

काठमाडौं, माघ १६ : कोरोना भाइरसको संक्रमणका कारण प्रतिनिधिसभाको बैठक १० दिन सारिएको छ।आजका लागि पूर्वनिर्धारित प्रतिनिधिसभाको बैठक माघ २६ गते बुधवार दिनको...
फेरि १० दिन सर्‍यो प्रतिनिधिसभाको बैठक
Hardik ivf

काठमाडौं, माघ १६ : कोरोना भाइरसको संक्रमणका कारण प्रतिनिधिसभाको बैठक १० दिन सारिएको छ।

आजका लागि पूर्वनिर्धारित प्रतिनिधिसभाको बैठक माघ २६ गते बुधवार दिनको १ बजे बस्ने गरी सारिएको छ। सभामुख अग्निप्रसाद सापकोटाले अर्को बैठक माघ २६ गते तोकेका हुन्।

मुलुकमा कोभिड-१९ सङ्क्रमणको जोखिम यथावत रहेको जनाउँदै सभामुख सापकोटाले बैठक सारेको संसद सचिवालयका महासचिव भरतराज गौतमले जनाएका छन्।

प्रकाशित मिति: ०८:०५ बजे, आइतबार, माघ १६, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्