Kathmandu Press

‘राष्ट्रिय चलचित्र कन्फरेन्स’ सुरू

काठमाडौं, भदौं २७ : मानव अधिकार चलचित्र केन्द्रको आयोजना ‘राष्ट्रिय चलचित्र कन्फरेन्स’ सुरू भएको छ। तीन दिने कन्फरेन्सको बिहीबार चलचित्र व....

‘राष्ट्रिय चलचित्र कन्फरेन्स’ सुरू

काठमाडौं, भदौं २७ : मानव अधिकार चलचित्र केन्द्रको आयोजना ‘राष्ट्रिय चलचित्र कन्फरेन्स’ सुरू भएको छ। तीन दिने कन्फरेन्सको बिहीबार चलचित्र विकास बोर्डका अध्यक्ष केशब भट्टाईले उद्घाटन गरेका छन्।

उद्घाटन समारोहमा बोल्दै भट्टराईले नेपाली चलचित्रमा थुप्रै परिवर्तन भएको बताए। ‘शीर्जनशील र व्यवसालाई मात्र चलचित्र हो? सिंगो सिर्जनशीलतमा सबै पर्छन कि पर्दैनन? यो विषयमा बहस गरिदिनु होला। साथै चलचित्र विधेयक सवैले अध्ययन गरी उचित राय दिन आग्रह छ’, उनले भने।

कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित कन्फरेन्समा समाजशास्त्रिय दृष्टिमा चलचित्रबारे बोल्दै राजनीतिशास्त्री हरि शर्माले सिनेमा संसारको सुख, दुःख, हर्ष र आनन्द एकै ठाउँमा पाइने बताए। ‘अहिले हातहातमा सिनेमा छ। कन्फाइन्ड स्टेटमा सिनेमा हेर्दा खेरी इमोसन, ह्याप्पीनेस एंगरनेश, सबै कुरा महससु गर्न पाइन्छ,’ शर्माले भने, ‘ब्ल्याक एन्ड ह्वाइट’बाट मल्टि कलर र स्टेरियो भ्वाइसदेखि डिजिटल भ्वाइससम्म आउँदा टेक्नोलोजीमा धेरै विकास भएको छ।’

Hardik ivf

उनले सिनेमाले बदलिदो समाजसँगै सेन्स एन्ड सेन्सीबिलिटीलाई कसरी जोड्छ भन्ने कुरामा परिवर्तन हुदै आएको बताए।  ‘दर्शकको दृष्टिकोणमा सिनेमा के हो? मनोरञ्ननका लागि बनाउने मान्छे सिनेमालाई कुन विषय वस्तुमा बनाउँछ? सिनेमाले दर्शकको नाडी छाम्न सक्नुपर्छ,’ शर्माले भने।

शर्माका अनुसार नेपाली सिनेमाले समाजको प्रतिनिधित्व गर्न सकेको छैन। राज्यको लागि सिनेमा पब्लिक प्रोप्रोगान्ड मात्रै हो। सिनेमाको लागि राज्यले कहिल्यै पनि सहजकर्ताको रुपमा काम गरेन।

‘सिनेमा कसरी आत्मानिर्भर हुन्छ भन्ने कुरा आजको आवश्यकता हो। बस्तुस्थितिअनुसार सिनेमा यथार्थ वादी हुन सक्छ कि सक्दैन? यो कथाहरु बाट पर्फेक्ट सिनेमा बनाउन सकिन्छ कि सकिदैन,’ उनले थपे। सिनेमा बनाउनेले कथा र प्लटको सिर्जना आफै गर्न सक्नु पर्ने उनको दाबी छ।

त्यस्तै चलचित्र निर्देशक समाजकी अध्यक्ष सुचित्र श्रेष्ठले व्यवसायिक रुपमा नेपाली चलचित्र सुरुआत भएको ६ दशकमा थुप्रै परिवर्तन भएको बताइन्।

‘अस्करलमा नोमिनेस हुने फिल्म पनि बनेका छन्। तर बौद्धिक बहस हुन सकेको छैन । आफ्नो सिर्जनाको कुरा साटासाट गर्दैनौ। स्क्रिप्टमा नयाँ कुरा ल्याउन सर्जकहरु एकआपसमा बसेर छलफल गर्दैनौ,’ उनले भनिन् ।  ।चलचत्रिले बोलेका कुराले समाज परिवर्तन गर्न सक्नु पर्ने उनको भनाइ छ।

बिहीबारदेखि सुरु भएको कन्फेरेन्स शनिबारसम्म चल्नेछ। यसमा नेपालमा चलचित्र निर्माण, नेपाली चलचित्रको विभिन्न विषयको चित्रण, तिनको प्रभावबारे अध्येताहरूले लेखेका विभिन्न कार्यपत्रको प्रस्तुति, कार्यपत्रमाथि छलफल हुनेछ।

 

प्रकाशित मिति: ११:४९ बजे, शुक्रबार, भदौ २७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्