Kathmandu Press

प्रदेश नं १ मा ३९७ जना सङ्क्रमित थपिए

विराटनगर, माघ १५ : प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा ३९७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। सामाजिक विकास मन्त्रालयका अनुसार...
प्रदेश नं १ मा ३९७ जना सङ्क्रमित थपिए

विराटनगर, माघ १५ : प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा ३९७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। सामाजिक विकास मन्त्रालयका अनुसार ३९४ जनाको पिसीआर परीक्षण गर्दा १४५ र ७८९ जनाको एन्टिजेन परीक्षण गर्दा २५२ जनामा सङ्क्रमण पुष्टि भएको छ।

पिसीआर परीक्षणका आधारमा मोरङमा ८३, सुनसरीमा ४२, धनकुटा र झापामा पाँच–पाँच, उदयपुर, सङ्खुवासभा र पाँचथरमा एक–एक  र प्रदेश  बाहिरका सात जनामा सङ्क्रमण देखिएको हो। मोरङको विराटनगरमा ६५, बुढीगङ्गामा पाँच, सुन्दरहरैचामा तीन, ग्रामथानमा दुई, पथरीशनिश्चरे, रङ्गेली, उर्लाबारी, रतुवामाई, बेलबारी, मिक्लाजुङ, कटहरी र स्थानीय तह नखुलेका एक–एक, सुनसरीको धरानमा २५, इटहरीमा १२, इनरुवामा तीन, दुहवी र बराहक्षेत्रमा एक–एक, धनकुटाको धनकुटा नगरपालिकामा पाँच, झापाको कमल गाउँपालिकामा एक र स्थानीय तह नखुलेका चार, सङ्खुवासभा, पाँचथर र उदयपुरको बेलकामा  एक र प्रदेश बाहिरका सात जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ।

प्रदेशमा आज ४०२ महिलासहित ९०२ जना कोरोना सङ्क्रमणमुक्त भएका छन्। पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट दुई महिलाको मृत्यु भएको छ। प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या छ हजार ६५७ रहेको जनाएको छ।

प्रकाशित मिति: १९:४७ बजे, शनिबार, माघ १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्