Kathmandu Press

भक्तपुरमा भएकाे दुर्घटनामा एक महिलाको मृत्यु

भक्तपुर, माघ १५ : अरनिको राजमार्ग खण्डअन्तर्गत सूर्यविनायक नगरपालिका–९ नलिन्चोक बाँसघारीमा आज भएको दुर्घटनामा एक महिलाको मृत्यु भएको छ।बनेपाबाट काठमाडौँतर्फ गइरहेको बा५ख ३०२०...
भक्तपुरमा भएकाे दुर्घटनामा एक महिलाको मृत्यु

भक्तपुर, माघ १५ : अरनिको राजमार्ग खण्डअन्तर्गत सूर्यविनायक नगरपालिका–९ नलिन्चोक बाँसघारीमा आज भएको दुर्घटनामा एक महिलाको मृत्यु भएको छ।

बनेपाबाट काठमाडौँतर्फ गइरहेको बा५ख ३०२० नंको यात्रुवाहक बसले बा७०प ९१३८ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा पछाडि सवार दोलखा गौरीशङ्कर गाउँपालिका–२ घर भई हाल नलिन्चोक बस्ने ४० वर्षीया गङ्गा बस्नेतको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए।

ठक्कर दिने बसका चालक काभ्रेलाञ्चोक बनेपा नगरपालिका–९ बस्ने ४१ वर्षीय रविन श्रेष्ठ र बसलाई नियन्त्रणमा लिएर महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरमा राखेको उनले जानकारी दिए।

प्रकाशित मिति: १८:५८ बजे, शनिबार, माघ १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्