Kathmandu Press

छात्रवृत्तिकाे सहमति कार्यान्वयन गर्ने त्रिविकाे प्रतिबद्धता, नेविसंघद्वारा आन्दोलनका कार्यक्रम फिर्ता

काठमाडौं, माघ १५ : त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएपछि नेविसंघले आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिएको छ।आन्दोलतरत...
छात्रवृत्तिकाे सहमति कार्यान्वयन गर्ने त्रिविकाे प्रतिबद्धता, नेविसंघद्वारा आन्दोलनका कार्यक्रम फिर्ता

काठमाडौं, माघ १५ : त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएपछि नेविसंघले आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिएको छ।

आन्दोलतरत नेपाल विद्यार्थी संघ र कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायबीच पाँचबुँदे सहमति भएपछि नेविसंघले आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिएको हो। सो सहमतिसँगै नेविसंघले व्यवस्थापन संकायको डिन कार्यालयमा लगाइएको ताला खोलेको छ।

व्यवस्थापन संकायका कुल विद्यार्थी संख्याको १० प्रतिशत विद्यार्थीलाई शतप्रतिशत छात्रवृत्ति प्रदान गर्न यसअघि भएको सहमति कार्यान्वयन नभएको भन्दै नेविसंघले तालाबन्दी गरेको थियो।

उक्त सहमतिमा छात्रवृत्ति प्रदान गर्ने, व्यवस्थापन संकायका आंगिक क्याम्पसहरूले लिने शुल्कमा एकरूपता ल्याउने, सिम्याटको रिजल्टअघि नै भर्ना लिने क्याम्पसलाई कारबाही गर्नेलगायत रहेको नेविसंघले जनाएको छ।

प्रकाशित मिति: १८:१२ बजे, शनिबार, माघ १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्