Kathmandu Press

मुगुका मान्तेलाई काठमाडौंमा श्रीमतीको उपचार गराउन सकस

मुगु, माघ १५ : मुगुको सोरु गाउँपालिका–४ फोतु गाउँका ७१ वर्षीय मान्ते शाहीलाई ६७ वर्षीया श्रीमती हाँसुको उपचार गराउन सकस भएको छ। उनी आर्थिक...
मुगुका मान्तेलाई काठमाडौंमा श्रीमतीको उपचार गराउन सकस

मुगु, माघ १५ : मुगुको सोरु गाउँपालिका–४ फोतु गाउँका ७१ वर्षीय मान्ते शाहीलाई ६७ वर्षीया श्रीमती हाँसुको उपचार गराउन सकस भएको छ। उनी आर्थिक अभावले ललितपुरको पाटन अस्पतालमा छट्पटाइरहेका छन्। 

उनकी श्रीमती विगत पाँच वर्षदेखि दम रोगले थला परेकी छन्र। ऋण सापट र वृद्धाभत्ता जोरजाम गरेर पहिलो पटक औषधि उपचार गर्न ललितपुर पाटन अस्पताल पुगेका शाही आर्थिक समस्यामा परेका छन्। ऋण सापट गरिल्याएको पैसा काठमाडौँ जाँदा बाटोमै सकिएपछि शाहीलाई श्रीमतीको उपचार गर्न सास्ती भएको हो।  

Hardik ivf

‘पैसा छैन डाक्टरले यो औषधि किन्नु पर्‍यो, त्यो औषधि किन्नु पर्‍यो भन्न थाल्छन्,’ शाहीले फोनमा कुरा गर्दै भने, ‘ऋण सापट गरिल्याएको पैसा सकियो, कसरी औषधि किनेर श्रीमतीलाई बचाऔं?’ अस्पतालको शय्यामा श्रीमतीको मुख हेर्दै रुनुबाहेक अरू कुनै उपाय नभएको उनी सुनाउँछन्।  

काठमाडौं उपत्यकामा श्रीमतीको औषधि उपचार तथा आफैंलाई बिहान–बेलुका छाक टार्नसमेत मुस्किल परेको शाहीले बताए। बिरामी श्रीमती बोकेर उनी गत मङ्सिर २३ गते घरबाट बाजुराको कोल्टी हुँुदै नेपालगञ्ज पुगेका थिए। त्यहाँ केही दिन आफन्तको डेरामा बसेर शाहीले श्रीमतीको उपचार गराएका थिए।  

काठमाडौँमा छिटो र राम्रो उपचार हुन्छ भन्ने सुनेपछि शाही श्रीमतीसहित बस चढेर पुस अन्तिम साता काठमाडौँ पुगेका हुन्। उनका आफन्तले पाटन अस्पतालमा श्रीमतीलाई भर्ना गरिदिए। आर्थिक अभावले उनको उपचार कठिन बन्दै गएको छ।

पाटन अस्पतालको तीन तलामाथि आइसियुमा शाहीकी श्रीमती उपचाररत छिन्। बाहिर ढोकामा शाही खर्च नहुँदा छट्पटाइरहेका छन्। काठमाडौंमै लामो समयदेखि ज्यालादारी काम गर्दै आएका शाहीका छोरीज्वाइँ पनि अहिले अस्पातलमै साथमा छन्। तर उनको पनि शाहीकै जस्तै अवस्था छ।  

आमाको अवस्था नाजुक हुँदै गएपछि छोरा बृजन पनि पाटन अस्पताल पुगेका छन्। ‘ऋण काढ्ने् कहिँकतै ठाउँ छैन, घरमा कोही जागिरे छैनन्, कृषि कर्म गरी जीवन निर्वाह गर्दै आएकाले उपचार खर्च जुटाउन सम्भव छैन,’ बृजनले फोनमा भने। श्रीमती र आफ्नो सामाजिक सुरक्षा भत्ता जम्मा गरेर शाही काठमाडौं उपचार गर्न गएका हुन्। 

प्रकाशित मिति: १७:५६ बजे, शनिबार, माघ १५, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्