Kathmandu Press

विकासे खाल्डाखुल्डीमा सावधानी अपनाउन आग्रह

चितवन, माघ १५ : भरतपुर महानगरले विकास निर्माणका काम गर्दागर्दै सिर्जना हुने खाल्डाखुल्डीमा सावधानी अपनाउन आग्रह गरेको छ। महानगरले विकासका काम तीव्रगतिमा भइरहेको...
विकासे खाल्डाखुल्डीमा सावधानी अपनाउन आग्रह

चितवन, माघ १५ : भरतपुर महानगरले विकास निर्माणका काम गर्दागर्दै सिर्जना हुने खाल्डाखुल्डीमा सावधानी अपनाउन आग्रह गरेको छ। महानगरले विकासका काम तीव्रगतिमा भइरहेको जनाउँदै त्यसक्रममा दुर्घटना हुन सक्नेतर्फ सचेत गराएको हो।

महानगरका प्रमुख प्रशासकीय अधिकृत रामबन्दु सुवेदीले भौतिक पूर्वाधारका काम गर्नका लागि खनिएका खाल्डाखुल्डीमा दुर्घटना हुनसक्ने भएकाले सावधानी अपनाउन आग्रह गरिएको बताए। सार्वजनिक स्थानमा विकास निर्माणका क्रममा खनिएका खाल्डाखुल्डीमा परी जुनसुकै बेला दुर्घटना हुने सम्भावना रहेको उनको भनाइ छ।

Hardik ivf

विकास निर्माणस्थलमा सवारीसाधनको आवतजावत, पैदलयात्रीलगायत बालबालिकाले हिँडडुल गर्दा विशेष सावधानी अपनाउन महानगवासी, टोल विकास संस्थालगायत निर्माणकार्यसँग सम्बन्ध राख्ने सबैलाई आग्रह गरिएको छ। निर्माण व्यवसायीले काम गर्दा सुरक्षाका उपाय अपनाउन, खाल्डाखुल्डी शीघ्ररूपमा पुर्न, सूचना÷सावधानी बोर्ड अनिवार्य राख्न, अँध्यारो स्थानमा उज्यालोको व्यवस्था गर्न, आपसी समन्वयन गरेर प्रचलित कानुनी प्रावधानको पालना गरी दुर्घटना कम हुने गरी काम गर्न महानगरले आग्रह गरेको छ।

भरतपुर महानगरपालिका–१२ स्थित निर्माणाधीन नालीमा खसेर एक जनाको मृत्यु भएको छ भने वडा नं ९ को गोन्द्राङमा हालै निर्माणाधीन सडकको नालीमा फसेर एकस्गिे गैंडा मरेको थियो।

प्रकाशित मिति: १७:५० बजे, शनिबार, माघ १५, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्