Kathmandu Press

मनाङलाई हराउँदै एपिएफले जित्यो आहा रारा गोल्डकप

पोखरा, माघ १५ : २०औं संस्करणको आहा रारा गोल्डकपको उपाधि विभागीय टिम एपिएफले जितेको छ। शनिबार पोखरा रंगशालामा भएको फाइनलमा मनाङ मर्स्याङ्दी क्लबलाई...
मनाङलाई हराउँदै एपिएफले जित्यो आहा रारा गोल्डकप

पोखरा, माघ १५ : २०औं संस्करणको आहा रारा गोल्डकपको उपाधि विभागीय टिम एपिएफले जितेको छ। शनिबार पोखरा रंगशालामा भएको फाइनलमा मनाङ मर्स्याङ्दी क्लबलाई टाइब्रेकरमा ५–४ ले हराउँदै एपिएफले पहिलो पटक आहा रारा गोल्डकप उपाधि जितेको हो।

निर्धारित समयको र अतिरिक्त सयमको खेल २–२ गोलको बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरबाट गरिएको थियो । पेनाल्टीमा ओलावाले हाफिज गोल गर्न चुकेपछि मनाङ सातौं पटक उपाधि जित्नबाट वञ्जित भयो। उनको प्रहार एपिएफका कोरियन गोलकिपर युया कोरियामाले रोकेका थिए। 

पेनाल्टीमा एपिएफका नवीन लामा, सनिश श्रेष्ठ, रवि थिङ, मणी लामा, अर्मान्ड बिडोमले गोल गरे। यता, मनाङका फ्रेंकलिन टाला, दयानन्द सिंह, शिव गुरुङ, रुपेश केसीले गोल गरेका थिए।

खेलमा अग्रता विभागीय टिमले लियो। २०औं मिनेटमा युवराज खड्काले एपिएफलाई अग्रता दिलाएका थिए। ६७औं मिनेटमा दयानन्द सिंहले मनाङका लागि बराबरी गोल फर्काए।

खेल सकिन ६ मिनेट अघि फ्रेंकलिन टालाले मनाङका लागि गोल गर्दै जिततर्फ अग्रसर गराएका थिए। तर इन्जुरी समयको पहिलो मिनेटमा एपिएफका रवि थिङले गोल गर्दै खेलालाई अतिरिक्त समयतर्फ लगेका थिए। 

उपाधि सहित एपीएफले १० लाख रुपैयाँ हात पारेको छ। उपविजेता मनाङले ५ लाख रुपैयाँमा चित्त बुझाएको छ।

प्रकाशित मिति: १७:३२ बजे, शनिबार, माघ १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्