Kathmandu Press

पर्साको जनसङ्ख्या ६ लाख ४९ हजार

पर्साको जनसङ्ख्या ६ लाख ४९ हजार

पर्सा, माघ १५ : राष्ट्रिय जनगणना, २०७८ को प्रारम्भिक नतिजाअनुसार पर्साको जनसङ्ख्या ६ लाख ४९ हजार ३९७ पुगेको छ। 

राष्ट्रिय जनगणना, २०७८ को प्रारम्भिक नतिजाअनुसार मधेस प्रदेशको पर्साको जनसङ्ख्या पछिल्लो १० वर्षको अविधमा जम्मा ४८ हजारले वृद्धि भएको देखिएको छ।

Hardik ivf

यसअघि २०६८ सालको जनगणनाअनुसार जिल्लाको जनसङ्ख्या ६ लाख एक हजार १७ रहेको थियो। जिल्लामा ०।७४ प्रतिशतको दरले जनसङ्ख्या वृद्धि भएको तथ्याङ्कले देखाएको छ। 

जिल्लामा महिलाको जनसङ्ख्यामा कमी आएको छ। मुलुकभर महिलाको सङ्ख्या बढे पनि पर्सामा महिलाको जनसङ्ख्या कम रहेको छ। पर्सामा पुरूषको सङ्ख्या तीन लाख ३४ हजार ९१९ तथा महिलाको सङ्ख्या तीन लाख १४ हजार ४७८ रहेको छ। पुरूषभन्दा महिलाको जनसङ्ख्या २० हजार ४४१ कम रहेको छ।
 
राष्ट्रिय जनगणना, २०७८ को प्रारम्भिक प्रतिवेदनमा वीरगञ्ज महानगरपलिकाको दुई लाख ७८ हजार २७३ जनसङ्ख्या रहेको छ। महानगरमा एक लाख ३९ हजार ८४२ पुरुष र एक लाख २८ हजार ४२४ महिला छन्। महानगरपालिकामा ४७ हजार २१८ परिवारको बसोबास रहेको तथ्यांकले देखाएको छ। 

तथ्यांकअनुसार कालिकामाई गाउँपालिकामा २३ हजार ४७०, ठोरी गाउँपालिकामा १७ हजार ४९४, पकाहामैनपुर गाउँपालिकामा २२ हजार ९५७, धोबिनी गाउँपालिकामा २२ हजार ७४६ तथा छिपहरमाई गाउँपालिकामा २६ हजार ७४२ जनसङ्ख्या छ।
 
यसैगरी, पटेर्वासुगौली गाउँपालिकामा २५ हजार ५०८, जगरनाथपुर गाउँपालिकामा ३२ हजार सात, बिन्ध्यवासिनी गाउँपालिकामा  २४ हजार ४६६, जीराभवानी गाउँपालिकामा  २२ हजार ६०२, सखुवाप्रसौनी गाउँपालिकामा ३५ हजार ७१२, पोखरिया नगरपालिकामा ३८ हजार ९८५, पर्सागढी नगरपालिकामा ४१ हजार ४७७ तथा बहुदरमाई नगरपालिकाको ४३ हजार ७८० जनसङ्ख्या छ। 

प्रकाशित मिति: १६:२५ बजे, शनिबार, माघ १५, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्